विधान महाधिवेशनको निर्णय ओलीले उल्ट्याए
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित गरे।
- ओलीको प्रस्ताव अनुसार, अब एमालेमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव रहनेछन्।
- विधान महाधिवेशनको निर्णयलाई पछ्याउँदै ओलीले पदाधिकारी संख्या बढाएका हुन्।
काठमाडौँ । महाधिवेशनकै क्रममा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले पेस गरेकाे पदाधिकारी सङ्ख्या १९ सदस्यीय बनाउने प्रस्ताव पारित भएको छ ।
अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी १९ सदस्यीय पदाधिकारी बनाउने ओलीको प्रस्ताव पारित भएको हो ।
विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएका हुन् । यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि कार्यान्वयनमा जानेछ।
गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा झारेको थियो। अहिले पदाधिकारीका आकांक्षी धेरै भएपछि अध्यक्ष ओलीले पदाधिकारी संख्या बढाएर पुन: १९ पुर्याएका हुन्।
नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ ।
अब भने विधान संशोधनपछि अध्यक्ष एक, उपाध्यक्ष ५, सचिव ९, महासचिव १, उपमहासचिव ३ हुनेछ । विधान महाधिवशेनले पारित गरेको विधानलाई राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण