कांग्रेसका निवर्तमान सांसद चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा मुद्दा
सारांश
- अख्तियारले कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ।
- उनीमाथि ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रूपमा कमाएको आरोप लागेको छ।
- अख्तियारले जरिवाना, सम्पत्ति जफत र कैद सजायको माग गरेको छ, चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व प्रमुख हुन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रूपमा कमाएको आरोपमा मुद्दा दायर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले रातोपाटीलाई जानकारी दिए ।
आयोगले सो बराबरको बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको रेग्मीले जानकारी दिए । मुद्दा दर्ताका क्रममा छ ।
चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए । प्रमुख हुँदा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगको आरोप छ ।
चालिसे २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ’३ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण