एमाले महाधिवेशन
ईश्वर पोखरेलले राखे छुट्टै अवधारणापत्र
आइतबार, २८ मङ्सिर २०८२, १६ : ५९
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र प्रस्तुत गरे।
- अध्यक्ष केपी शर्मा ओलीको धारणापछि पोखरेललाई बन्द सत्रमा बोल्न समय दिइएको थियो।
- पोखरेलले पार्टीको लोकतान्त्रिकरणमाथि प्रश्न उठाउँदै अवधारणा पत्र प्रस्तुत गरे।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र राखेका छन् ।
बन्द सत्रको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेपछि नेता पोखरेललाई बोल्न समय दिइएको थियो । पोखरेलले बन्द सत्रमा यसअघि सार्वजनिक भएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको अवधारणा पत्र वाचन गरेका हुन् ।
शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणापत्र राख्न दिने सहमति भएको थियो । पोखरेलको अवधारणा पत्रमा पार्टीको लोकतान्त्रिकरण माथि प्रश्न उठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण