सरकारलाई राष्ट्रपतिको सुझाव : निर्वाचन मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नुहाेला
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेको निर्वाचनमा ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिए।
- उनले निर्वाचनलाई प्रभावित नहुने गरी सुरक्षा व्यवस्थामा ध्यान दिन निर्देशन दिएका छन्।
- प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित एक कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् ।
राष्ट्रपति पौडेलले उक्त चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि सरकारलाई सुझाएका छन्। उनले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् ।
सो अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण