हालान्डको दुई गोल मद्दतमा सिटीको सहज जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि सहज जित निकालेको छ ।
क्रिस्टलको घरेलु मैदानमा सिटीले ३–० को प्रभावशाली जित दर्ता गरेको हो ।
सिटीको जितमा नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डले दुई गोलको योगदान दिए । उनले खेलको ४१औं मिनेटमा टोलीका लागि पहिलो गोल गरे भने निर्धारित समय सकिनु एक मिनेटअघि पेनाल्टीमार्फत दोस्रो गोल थपे । यस्तै फिल फोडेनले पनि ६९औं मिनेटमा एक गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।
यस जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको अंक दूरी घटाएको छ । सिटीको १६ खेलबाट ३४ अंक भएको छ भने समान खेलबाट आर्सनलको ३६ अंक रहेको छ । हारपछि क्रिस्टल प्यालेस भने लिगको पाँचौं स्थानमा कायम छ ।
आइतबार नै भएका अन्य खेलहरूमा आर्सनलले वुल्भ्सलाई २–१ गोलअन्तरले पराजित गर्यो भने लिभरपुलले ब्राइटनमाथि २–० को सहज जित निकाल्यो । उता, नटिङ्घम फरेस्टले भने टोटनह्यामलाई ३–० को फराकिलो अन्तरले हराउँदै महत्त्वपूर्ण अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण