प्रहरी वृत्त बौद्धको पुनर्निर्माण सम्पन्न
सोमबार, २९ मङ्सिर २०८२, ०० : ४२
सारांश
- भदौ २४ गतेको आन्दोलनमा आगलागी भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण सम्पन्न भयो।
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुनर्निर्मित भवनको उद्घाटन गरे।
- कार्यक्रममा सहभागीहरूले आगलागी गर्नेलाई सीसीटीभी फुटेज हेरेर कारबाही गर्नुपर्ने बताए।
काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी भएर जलेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी एवं विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनः निर्माण सम्पन्न गरी आइतबारदेखि प्रयोगमा ल्याइएको छ ।
पुनः निर्मित भवनको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रहरी परिसर काठमाडौँका प्रमुख रमेश थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा, पुनः निर्माण समितिका अध्यक्ष जयमङ्गल लामालगायतले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयसहित सार्वजनिक निकायमा आगलागीलगायतका कुकर्म गर्नेलाई सिसिटिभी फुटेज हेरेर कानुनी कारबाही गरिनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण