एनआरएनए महाधिवेशनको मिति घोषणा, फागुन ११ देखि १३ सम्म हुने
सारांश
- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ महाधिवेशन फागुन ११, १२ र १३ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ।
- महाधिवेशनको तयारीका लागि एनसीसीहरूबीचको एकताका लागि गंगाधर गौतमको संयोजकत्वमा कमिटी गठन गरिएको छ।
- संघले एकताको सन्देश दिन क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरू गर्ने भएको छ।
काठमाडौँ । हालै दुई समूहबिच एकीकरण भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ। काठमाडौँमा हुने उक्त महाधिवेशन एकताको हुनेछ ।
एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो बैठकले फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) महाधिवेशन गर्ने निर्णय गरेको पूर्वअध्यक्ष तथा कमिटीका सदस्य आरके शर्माले जानकारी दिए । बैठक शर्माकै अध्यक्षतामा बसेको थियो ।
कमिटीले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको हो। बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै सांगठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ।
संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय समन्वय समिति (एनसीसी) हरू बिचको एकतालाई निष्कर्षमा पुर्याउन बैठकले गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरिएको छ। उक्त समितिको सह-संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छिन् भने सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहेका छन्।
संघले बृहत् एकताको सन्देश विश्वभरका नेपालीमाझ पुर्याउन क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरूको तालिका पनि सार्वजनिक गरेको छ । जसअनुसार डिसेम्बर १९मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र, डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्रमा अन्तरक्रिया तथा संवाद कार्यक्रम हुनेछ ।
बैठकले सदस्यता सम्बन्धी समितिलाई ५ बाट बढाएर ७ सदस्यीय बनाउने निर्णय गरेको छ। साथै, अनुशासनलाई कडाइका साथ पालना गराउन स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागी नगराइने निर्णय समेत भएको छ।
संघले १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण