एमाले महाधिवेशन : ओली समूहबाट गण्डकीका ५२ उम्मेदवार
सारांश
- नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन्।
- ओली प्यानलबाट गण्डकी प्रदेशमा उपाध्यक्षका लागि पृथ्वीसुब्बा गुरुङ र सचिवमा खगराज अधिकारीले टिकट पाए।
- विभिन्न भूगोल र समुदायबाट सदस्य पदका लागि उम्मेदवारहरू छानिएका छन्, जसमा महिला र युवाको पनि सहभागिता रहेको छ।
पोखरा । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षका लागि प्यानल बनाएरै चुनावी मैदानमा छन् । पोखरेल प्यानल निर्माणकै क्रममा छ भने ओली प्यानल सार्वजनिक भइसकेको छ ।
ओली प्यानलबाट गण्डकीमा करिब ६० जना उम्मेदवारले टिकट पाएका छन् । गण्डकीले पाएको सबैभन्दा ठुलो पद उपाध्यक्ष हो । पदाधिकारीमा लमजुङका पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षका उम्मेदवार रहेका छन् । अन्तिमसम्म महासचिव दाबी गरेका उनी उपाध्यक्षमा चुनाव लड्न राजी भएका हुन् । सचिवमा कास्कीका खगराज अधिकारी नयाँ टिकट दिएका छन् भने स्याङजाकी पदमा अर्याललाई दोहोर्याएका छन् ।
यसअघि गण्डकीबाट पदाधिकारी दाबी गरेका जगत विश्वकर्मा, पदम गिरी, किरण गुरुङ लगायतले सदस्यको टिकट पाए । भूगोलबाट खुलामा तनहुँका केदार सिग्देल, तनहुँका हरि श्रेष्ठ, नवलपुरका तिलक महत, गोरखाका रामशरण बस्नेत र कास्कीका कृष्ण थापा उम्मेदवार बनेका छन् । युवामा कास्कीकै दिलीप न्यौपाने उम्मेदवार छन् भने महिलामा स्याङ्जाकी सीमा क्षेत्री, बागलुङकी मञ्जु शर्मा चालिसे, पर्वतकी कल्पना चापागाईं उम्मेदवार छन् ।
आदिवासी जनजातिबाट बागलुङका लीलबहादुर थापा र मुस्ताङका चन्द्रमोहन गौचन उम्मेदवार बनेका छन् । युवामा मुस्ताङकै सम्राट् गौचन उम्मेदवार हुँदा महिलामा म्याग्दीकी थममाया थापा, म्याग्दीकै नरदेवी पुन बागलुङकी सावित्रा राना, कास्कीकी मन्जुदेवी गुरुङ उम्मेदवार बनेका छन् ।
दलितबाट बागलुङका गोविन्द नेपाली, पर्वतका मनोहर पौडेल विकले टिकट पाउँदा खुला सदस्यतर्फ तनहुँका किरण गुरुङ, बागलुङका कृष्ण पाठक, डा. सूर्य पाठक, पर्वतका पदम गिरी, कास्कीका जगत विक, कास्कीकै राजीव पहारी, रश्मि आचार्य, स्याङ्जाका खिम थापा, कास्कीका बालसिंह काउचा, स्याङ्जाका नारायण मरासिनी, लमजुङका कृष्ण अधिकारी, भीष्म अधिकारी, तनहुँका किसान श्रेष्ठ पनि चुनावी मैदानमा छन् ।
महिलामा स्याङ्जाकी सिताकुमारी सुन्दास, बागलुङकी मनकुमारी जिसी, लमजुङकी टुकाभद्र हमाल, कास्कीकी प्रभा कोइराला, तनहुँकी भगवती न्यौपाने, कास्कीकी क्रान्ति बुर्लाकोटी, देवका पहारी र लमजुङकी यशोदा रिमाल उम्मेदवार छन् ।
केन्द्रीय अनुशासन आयोगको सचिवमा डा.भरतराज पहारी, सदस्यमा राजेन्द्र घिमिरे, मायानाथ अधिकारी, तनहुँकी शान्तिदेवी खनाल र कास्कीकी सीता गिरी वली उम्मेदवार बनेका छन् । आयोगका अध्यक्ष उम्मेदवार काशीनाथ अधिकारी पनि जन्म गण्डकीमै भएको हो । तनहुँका उनी हाल चितवन बस्दै आएका छन् ।
सम्पर्क समन्वयकी कल्पना थापा लमजुङकी हुन् । लेखा आयोग सदस्यमा पर्वतका हरिकृष्ण श्रेष्ठ र केशबहादुर केसी तथा नवलपुरकी पदमा जिसी उम्मेदवार छन् । सञ्जय थापा प्रवास समितिबाट चुनाव लडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण