बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

ईश्वर पोखरेललाई प्रश्न: अध्यक्षमा तपाईंको दाबी किन ?

सोमबार, २९ मङ्सिर २०८२, १३ : ५९
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • ईश्वर पोखरेलले पार्टीलाई सही ढङ्गले अघि बढाउन नेतृत्वमा दाबी गरेका छन्।
  • उनले पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको बताउँदै विचार, संगठन र नेतृत्वमा पुनर्गठन गर्नुपर्ने बताए।
  • नेकपा एमालेको महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टा छुट्टै टिम बनाएर प्रतिस्पर्धा गर्दैछन्।

काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढङ्गले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताएका छन् । 

सोमबार भृकुटीमण्डपस्थीत महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरूप ठीक ढङ्गले चलाउनका लागि नेतृत्वमा दाबी गरेको बताएका छन् । अध्यक्ष ओलीलाई चुनौती दिएर किन उम्मेदवारी दिन लाग्नुभएको भन्ने सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा  उनले अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको बताए । उनले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । पोखरेलले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक मान्न नहुने जिकिर गरे । 

त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफूहरूलाई सहयोग गर्ने बताए । 

त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चुनावी प्रतिस्पर्धा भए पनि कसैप्रति पूर्वाग्रह नहुने बताए । उनले नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएकाले सामूहिकतामा पार्टीलाई चलाउनका लागि उम्मेदवारी दिएको बता । 

त्यस्तै उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वप्रति धेरै प्रश्न उठेकाले नयाँ नेतृत्वका साथ पार्टीलाई अघि बढाउनुपर्ने बताए । 

त्यसैगरि सचिव पदमा उम्मेदवार कर्ण थापाले अध्यक्षले नै टिमको घोषणा गरेकाले आफूहरूले पनि छुटै टिम घोषणा गरेको बताए । उनले अव सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन हुने जिकिर गरे । 

नेकपा एमालेको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टा छुट्टै टिम बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका छन् । एमाले नेतृत्व चयनका लागि मङ्गलवार निर्वाचन हुने कार्यतालिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप