ओली प्यानलमा कर्णालीबाट एक पदाधिकारी र २६ केन्द्रीय सदस्यका उम्मेदवार
सारांश
- एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।
- ओली समूहबाट कर्णाली प्रदेशका यामलाल कँडेलले सचिव पदमा उम्मेदवारी दिएका छन्, जसलाई कर्णाली एमालेका लागि ठूलो उपलब्धि मानिएको छ।
- ओली प्यानलबाट सचिव, केन्द्रीय सदस्य र आयोग सदस्य गरी कर्णालीका २७ जनाले उम्मेदवारी दिएका छन्, तर केही प्रभावशाली नेता छुटेका छन्।
सुर्खेत । काठमाडौँमा जारी नेकपा एमालेको ११औँ महाधिवेशन नेतृत्व चयन प्रक्रियामा व्यस्त छ । आगामी कार्यकालका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिँदै छन् ।
पोखरेल समूह प्यानल निर्माणकै क्रममा रहे पनि अध्यक्ष केपी शर्मा ओलीको प्यानल भने सार्वजनिक भइसकेको छ । सार्वजनिक सूची अनुसार ओली समूहमा कर्णाली प्रदेशबाट २७ जना नेताहरूले टिकट पाएका छन् ।
यस पटकको महाधिवेशन कर्णाली प्रदेशका लागि विशेष बनेको छ । स्थापनाकालदेखि नै पार्टीको केन्द्रीय पदाधिकारीमा नअटाएको कर्णालीले यसपटक ओली समूहबाट सचिव पदमा उम्मेदवारी दिने मौका पाएको छ । कर्णालीका मुख्यमन्त्री समेत रहेका प्रभावशाली नेता यामलाल कँडेललाई ओली प्यानलबाट सचिवको उम्मेदवार बनाइएको छ । यसलाई कर्णाली एमाले वृत्तमा ठुलो उपलब्धिका रूपमा हेरिएको छ ।
एमाले कर्णालीमा गुटबन्दी देखिएको छैन । प्रदेशभित्र स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटीबिच आन्तरिक प्रतिस्पर्धा भए पनि केन्द्रमा दुवै नेता ओली समूहकै हुन् ।
ओली प्यानलबाट कर्णालीको प्रतिनिधित्व गर्दै सचिव, केन्द्रीय सदस्य र आयोगका सदस्य गरी कुल २७ जना उम्मेदवार बनेका छन् । यद्यपि कतिपय ठुला नेताको नाम भने केन्द्रीय सदस्यमा अटाएको देखिँदैन । कर्णालीका कृषिमन्त्री समेत भइसकेका विनोदकुमार शाहको उम्मेदवार सूचीमा छैन ।
ओली समूहबाट कर्णालीका को–को उम्मेदवार बने ?
पदाधिकारी (सचिव)
१) यामलाल कँडेल
केन्द्रीय सदस्यहरू (भूगोलतर्फ)
२) नवराज रावत
३) डम्बर सिंह
४) विष्णु रिजाल
५) दल फडेरा
६) जितबहादुर मल्ल
केन्द्रीय सदस्य (युवा/भूगोल)
७) नारायण घर्ती
केन्द्रीय सदस्य (महिला/भूगोल)
८) मोहनमाया ढकाल
९) मिना रखाल
१०) इन्दिरा संजेल
सम्पर्क समन्वय (आदिवासी÷जनजाति)
११) सीपी घर्ती
१२) गोविन्द पुन
केन्द्रीय सदस्य (दलित)
१३) दानसिंह परियार
१४) पार्वती विशुंखे
केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र/खुला)
१५) नागिन्द्र शाही (नेशनल)
१६) वद्मीकुवारी बोहोरा
केन्द्रीय सदस्य (खुला क्षेत्र)
१७) गोरख बोगटी
१८) लक्ष्मी प्रसाद पोखरेल
१९) राजबहादुर बुढाक्षेत्री
२०) धर्मराज रेग्मी
२१) दल रावल
२२) निरज आचार्य
२३) मिनबहादुर शाही
केन्द्रीय सदस्य (युवा)
२४) सुशील थापा
केन्द्रीय सदस्य (महिला)
२५) पद्मा खड्का
२६) सुर्यकुमारी श्रेष्ठ
केन्द्रीय अनुशासन आयोग (सदस्य)
२७) भैरवसुन्दर श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण