एमाले महाधिवेशन
एमाले अनुशासन आयोगमा पहारी निर्विरोध
सोमबार, २९ मङ्सिर २०८२, २२ : ३७
सारांश
- नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन्।
- उपाध्यक्षमा चक्र बहादुर पराजुली र सचिवमा डा राजेन्द्र घिमिरे पनि निर्विरोध निर्वाचित भए।
- केन्द्रीय लेखा आयोग अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध भएका छन्।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन् । सोमबार मनोनयन दर्ता हुँदा उनको एकल मनोनयन परेको हो ।
यस्तै उपाध्यक्षमा चक्र बहादुर पराजुली, सचिवमा डा राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।
यस्तै २२ जना सदस्यमा भने ३२ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
यता केन्द्रीय लेखा आयोग अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध भएका छन् । सोमबार मनोनयन दर्ता हुँदा उनको एकल उम्मेदवारी गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण