एमाले महाधिवेशन
एमाले निर्वाचन : यी हुन् सचिव पदका लागि उम्मेदवारी दिने २० जना
सोमबार, २९ मङ्सिर २०८२, २२ : ४४
सारांश
- एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सचिव पदका लागि २० जना नेताहरूको उम्मेदवारी दर्ता भएको छ।
- डा. विजय सुब्बाको प्रारम्भिक सूचीअनुसार विभिन्न नेताहरूले सचिव पदका लागि उम्मेदवारी दिएका हुन्।
- उम्मेदवारी दिने नेताहरूमा अग्निप्रसाद खरेल, गोकुल बास्कोटा र लालबाबु पण्डितलगायत छन्।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन अन्तर्गत सचिव पदका लागि २० जना नेताहरूको उम्मेदवारी परेको छ। आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी उम्मेदवारको प्रारम्भिक सूची सूचीअनुसार सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका हुन् ।
उम्मदेवारी दिनेहरुमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा,कर्णबहादुर थापा,कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुल बास्कोटा,छबिलाल विश्वकर्मा, ठाकुर गैरे, पदमा अर्याल, पुरुषोत्तम पोडेल, पेम्बा लामा, भानुभक्त ढकाल र महेश बस्नेत रहेका छन् ।
त्यस्तै,यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्कीले पनि सचिव पदका लागि उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण