इन्द्रलाल र महेशको दोस्रो इनिङ : १६ वर्षपछि आमनेसामने
सारांश
- २०६६ मा युवा संघको अध्यक्षमा महेश बस्नेत निर्वाचित भए, इन्द्रलाल सापकोटालाई पराजित गर्दै।
- इन्द्रलाल सापकोटाले ओली पक्षलाई हराएर एमाले बागलुङको अध्यक्ष जिते, उनले ३८८ मत ल्याए।
- अहिले एमाले राजनीतिमा इन्द्रलाल र महेशको प्रतिस्पर्धालाई दोस्रो इनिङको रूपमा हेरिन्छ।
पोखरा । २०६६ पुस ११ देखि १३ सम्म लहानमा भएको सातौँ महाधिवेशनबाट युवा संघको बागडोरमा पुगे महेश बस्नेत । महासचिव भएर जिम्मेवारी सम्हालिसकेका बागलुङका इन्द्रलाल सापकोटालाई हराएर उनी युवा संघको अध्यक्ष बनेका हुन् । त्यसो त, इन्द्रलाल पनि कमजोर थिएनन् । ओली पक्षको जगमा महेशले ६ सय ९९ मत ल्याएर विजयी हुँदा नेपाल खनाल पक्षधर इन्द्रलालले ५ सय ९७ मत पाए ।
त्यसयता इन्द्रलाल ओलीलाई खासै रुचाउने नेता होइनन् । उनले आफू हर्ताकर्ता भएको ठाउँमा ओलीविरुद्धको क्याम्प खडा गर्ने र उक्त समूहलाई विजयी गराउने गरेका छन् । महेश सधैँ ओलीकै वरिपरि रहेर काम गरिरहे । इन्द्रलाल युवासंघको पराजयपछि भूगोलमा फर्किए । त्यसो त, उनी त्यसअघि पनि भूगोलबाटै उठेका नेता हुन् ।
एमाले बागलुङको आठौँ जिल्ला अधिवेशनबाट बलियो रहेको ओली पक्षलाई फराकिलो अन्तरले हराएर उनी अध्यक्ष बने । खसेको ५ सय ७९ मतमध्ये इन्द्रलालले ३ सय ८८ मत पाए भने ओली निकटका नरबहादुर थापाले १ सय ६१ मत पाएका थिए । इन्द्रलाल प्रजातान्त्रिक राष्ट्रिय युवासंघको राजनीतिमा झाँगिएका हुन् ।
उनी दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । अहिले पनि सचिवमा ओली पक्षबाट गण्डकीले २ जना सचिवको उम्मेदवार पाएको छ । खगराज अधिकारी र पद्मा अर्याल सचिव उम्मेदवार छन् । त्यसो त, महेश पार्टीभित्र शक्तिशाली छन् । जेनजी आन्दोलनपछि शिथिल बनेको एमालेलाई मुर्झाउन उनले ठुलै कसरत गरे । ९ पदका लागि सचिवमा २० जनाले उम्मेदवारी दर्ता गरेका हुन् । एमाले राजनीतिमा इन्द्रलाल र महेशको प्रतिस्पर्धालाई दोस्रो इनिङका रुपमा अर्थ्याइने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण