शीतल भइन् मिसेस नेपाल आइडल २०२५
सारांश
- शीतल याक्सो लिम्बुले मिसेस नेपाल आइडल २०२५ को ताज जितेकी छिन्।
- अन्जु थापा मगर फस्ट रनर अप र नितु सिंह ठकुरी सेकेन्ड रनर अप बने।
- कार्यक्रम हिमालयन मुभिजद्वारा आयोजित थियो, जसमा विभिन्न विधामा अवार्ड वितरण गरियो।
काठमाडौँ। यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शीतल याक्सो लिम्बुले पहिरिन सफल भएकी छन्। सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उनले ताज चुम्न सफल भएकी हुन्।
कार्यक्रमको फस्ट रनर अपमा अन्जु थापा मगर र सेकेन्ड रनर अपमा नितु सिंह ठकुरी हुन सफल भएका थिए। हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको नवौँ संस्करण हो।
करिब सवा दर्जन प्रतियोगीहरूले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्षमता अभिवृद्धि, बौद्धिक विकासलगायतका विषयमा तालिम लिएका थिए।
कोरियोग्राफर सुब्बाले महिलाहरुसँग मिल्दो गीतमा सुरुमै आकर्षक नृत्य गराएकी थिइन् भने क्रमशः परिचयात्मक चरण, वेस्ट ड्रेस चरण, प्रश्नोत्तर र क्राउनिङ चरणहरूमा सम्पूर्ण प्रतियोगीहरूलाई अब्बल गराउन तयारी पारी प्रस्तुत गराएकी थिइन्। व्यक्तिगत र पारिवारिक माहोलबाट बाहिर निस्केर यो प्रतिभा प्रस्फुटनको मञ्चसम्म आइपुगेका विवाहित महिलाहरू निकै प्रफुल्ल देखिन्थे।
कोरियोग्राफर सुब्बाका अनुसार प्रतियोगीहरूले निकै मेहनत गरेको र आँखै सामु आफूले उनीहरूको परिवर्तित स्वरूप देखेकोमा आफूलाई खुसी लागेको बताइन्।
कार्यक्रममा विविध सबटाइटल अर्वाडहरुसमेत वितरण गरिएको थियो। जसमा मोस्ट डिसेन्ट शीतल याक्सो लिम्बु, मोस्ट स्मार्ट अन्जु थापा मगर, वेस्ट ट्यालेन्ट नितु सिंह ठकुरी, वेस्ट कम्प्लेक्सन रोजिना वैद्य, मोस्ट कन्फिडेन्ट नुर्साङ तामाङ देउला, मोस्ट एक्टिभ दिनुसा सम्वाहाम्फे लिम्बु, मोस्ट डाइनामिक मनु लिम्बु, मोस्ट ग्रेसफुल ललिताकुमारी खड्का बान्तवा, मोस्ट प्यासोनेट निता श्रेष्ठ रिमाल, मोस्ट डिलिजेन्ट स्वेता राई, वेस्ट डिसिपिलिन सृजनादेवी श्रेष्ठ, वेस्ट पर्सनालिटी अरुणा विश्वकर्मा, वेस्ट फोटोजेनिक भावना निरौला भट्टराई, मोस्ट डेडिकेटेड सुमित्रा बुढा गुरुङ,मोस्ट पपुलर श्वेता राई, पब्लिक च्वाइस रोजिना वैद्य, वेस्ट भिडियो च्वाइस सुमित्रा बुढा गुरुङ र वेस्ट मल्टिमिडिया विनर नुर्साङ तामाङ देउला हुन सफल भएका थिए।
कार्यक्रममा कलाकारहरूको आकर्षक प्रस्तुतिले माहौल बनाएको कार्यक्रमको निर्णायक मण्डलमा मिस नेपाल २००० उषा खड्गी, अभिनेता तथा मोडल दिक्पाल कार्की, अभिनेता तथा इभेन्टकर्मी सिद्धार्थ सिंह, मिसेस मंगोल नेपाल २०२५ तथा फेसन डिजाइनर टिना आले कवर मगर र फेस अफ नेपाल २०२५ सदीक्षा श्रेष्ठ रहेका थिए।
विवाहित महिलाहरूको क्षमता उजागर गरी आफूभित्रको प्रतिभा पहिचान गरी प्रस्फुटन गराउने कार्यक्रमको आयोजना गरिएको इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण