बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा मत माग्न व्यस्त एमाले नेता–कार्यकर्ता

मङ्गलबार, ०१ पुस २०८२, १० : २२
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
  • ३५१ पदका लागि निर्वाचन हुँदैछ, जसमा ३०१ केन्द्रीय सदस्य, २५ लेखा र २५ अनुशासन आयोगका पद रहेका छन्।
  • अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ, भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन्।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले मतदानको तयारी भइरहेको बताए । 

प्राविधिक तयारी पूरा गर्न केही समय लाग्ने भएकोले मतदानमा केही ढिलाइ हुने देखिएको छ । यससँगै पार्टीका नेता–कार्यकर्ता मत माग्न व्यस्त देखिएका छन् । 

uml bhirkutimandap (2)

कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

uml bhirkutimandap (3)

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

uml bhirkutimandap (4)uml bhirkutimandap (5)uml bhirkutimandap (6)uml bhirkutimandap (7)uml bhirkutimandap (8)uml bhirkutimandap (9)uml bhirkutimandap (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप