आगजनीले जीर्ण सुदूरपश्चिम प्रदेश सभाः भवन बन्दै, फर्निचरका लागि दातृ निकायको भर
सारांश
- सुदूरपश्चिम प्रदेश सभा भवनमा आगजनी भएको तीन महिना बितिसक्दा मर्मत कार्य सुस्त गतिमा चलिरहेको छ।
- भवन मर्मतका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट निकासा गरेको छ, तर अझै दुई साता लाग्ने अनुमान छ।
- फर्निचर र उपकरणका लागि दातृ निकायको सहयोगको अपेक्षा गरिएको छ, जसले गर्दा बैठक अनिश्चित बनेको छ।
धनगढी । सुदूरपश्चिम प्रदेश सभा परिसर अहिले सुनसान छ । गत भदौमा ‘जेनजी’ आन्दोलनका क्रममा प्रदेश सभा भवनमा समेत आगजनी भएको थियो ।
घटना भएको तीन महिना बितिसक्दा मर्मतको कार्य सुस्त गतिमा भइरहेको छ । प्रदेश सभा भवन तयार नहुँदा हिउँदे अधिवेशन कहिले सुरु हुने भन्ने टुङ्गो लागेको छैन । बैठक नबस्दा अति आवश्यक कानुन निर्माण र संशोधनको प्रक्रिया समेत ठप्प भएको छ ।
प्रदेश सरकारले जलेको भवन मर्मतका लागि २० लाख रुपैयाँ बजेट निकासा गरेको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार भवन मर्मतको काम सम्पन्न हुन अझै कम्तीमा दुई साता लाग्ने देखिन्छ ।
‘अहिले मर्मतको काम भइरहेको छ, तर यतिले मात्र सभा सञ्चालन गर्न सकिने अवस्था छैन,’ जैसीले भने, ‘संरचना मर्मत सकिएपछि पनि फर्निचर व्यवस्थापन र साउन्ड सिस्टमलगायतका प्राविधिक उपकरण जडानमा थप समय लाग्नेछ ।’
उनका अनुसार तत्कालै प्रदेश सभाको बैठक बस्ने सम्भावना पनि कम छ । छैटौँ अधिवेशन चलिरहेकै अवस्थामा भएको आगजनीले प्रदेशको संसदीय अभ्यासलाई नै ‘ब्रेक’ लगाइदिएको छ । सांसदहरू पनि फुर्सदिला बनेका छन् ।
सांसद बस्ने कुर्सी र बोल्ने माइक किन्न बजेटको अभाव देखिएको छ । संसदको बैठक कक्षका फर्निचर र उपकरण जोड्नका लागि अहिले प्रदेश सभा सचिवालयले दातृ निकायको मुख ताक्नुपर्ने अवस्था सिर्जना भएको छ ।
जलेका फर्निचर र उपकरण पुनः जडान गर्न युएनडीपी र युएनएफपी जस्ता दातृ संस्थाहरूसँग सहयोगको याचना गरिरहेको जनाइएको छ । सचिवालयका अनुसार ती संस्थाले सहयोग गर्ने आश्वासन दिए पनि कहिले र कसरी सहयोग प्राप्त हुन्छ भन्ने यकिन नहुँदा संसद् बैठकको अनिश्चितता थप लम्बिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण