श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु
काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले बताएका छन् ।
शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार दश हजार ७६ वटा प्रभावित विद्यालय मध्ये नौ हजार ९२९ विद्यालय पुनः खोलिएको छ भने तीन प्रान्तका १४७ विद्यालयहरू आपतकालीन अवस्थाका कारण अझै बन्द रहेका छन् । वन्द विद्यालयहरू उवा, मध्य र उत्तर पश्चिमी प्रान्तहरूमा छन्, जुन चक्रवात का कारण सबै भन्दा बढी प्रभावित भएका थिए ।
विपद् प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई सहयोग गर्न श्रीलङ्का यातायात बोर्ड र श्रीलङ्का रेलवे विभागले बाँकी वर्षका लागि विद्यालय स्थरका विद्यार्थीहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्ने जनाएको छ ।
यसै बीच शिक्षा मन्त्रालयले सन् २०२५ को शैक्षिक वर्षका लागि कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि तेस्रो अवधिको परीक्षामा रोक लगाएको छ ।
यस अघि श्रीलङ्कामा विद्यालयको दोस्रो चरण डिसेम्बर– ८ देखि सुरु हुने तय गरिएको थियो । तर, शिक्षा मन्त्रालयले विनासकारी चक्रवातले निम्त्याएको विपत्तिको कारण विद्यालयहरू तोकिएको समयमा खोल्न नसकिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण