डिजेको चर्को आवाजले १५ वर्षीया किशोरीको मृत्यु, मुख्यमन्त्रीसँग न्यायका लागि गुहार
सारांश
- मुजफ्फरनगरमा एक १५ वर्षीया किशोरीको हृदयघातका कारण मृत्यु भएको छ, परिवारले डिजेको आवाजलाई दोष दिएको छ।
- परिवारले छिमेकीको बिहेमा बजेको चर्को डिजेको आवाज र कम्पन सहन नसकेर छोरीको मृत्यु भएको आरोप लगाएका छन्।
- मृतकका हजुरबुबाले यसअघि पनि डिजेको चर्को आवाजका कारण गाउँलेको ज्यान गएको दाबी गर्दै मुख्यमन्त्रीसँग न्याय मागेका छन्।
मुजफ्फरनगर । भारतको उत्तर प्रदेश मुजफ्फरनगर जिल्लामा एउटी १५ वर्षीया किशोरीको हृदयघातका कारण मृत्यु भएको छ ।
परिवारले छिमेकीको बिहेमा बजेको चर्को डिजेको आवाज र त्यसको कम्पन सहन नसकेर छोरीलाई हृदयघात भएको आरोप लगाएका छन् । पीडित परिवारले मुख्यमन्त्री योगी आदित्यनाथसँग न्यायको लागि गुहार लगाएका छन् ।
आजतकको रिपोर्टअनुसार यो घटना मुजफ्फरनगर जिल्लाको अहरोडा गाउँको हो । डिसेम्बर १२ मा गाउँकै एक परिवारमा बिहे थियो, जसका लागि ठुला–ठुला डिजे मगाइएका थिए ।
परिवारले लगाएको आरोपमा डिजेको चर्को आवाज र भारी बेसको कम्पन १५ वर्षीया राशीले सहन सकिनन् र उनको स्वास्थ्य अचानक बिग्रिएको भनिएको छ । परिवारले उनलाई उपचारका लागि मुजफ्फरनगर लगेका थिए, जहाँ उनको मृत्यु भयो । राशी कक्षा ९ की छात्रा थिइन् ।
राशीको मृत्युले परिवारमा शोक छाएको छ । मृतकका हजुरबुबा अजय पाल सिंहले गाउँमा यसअघि पनि चर्को डिजेको आवाजका कारण मानिसहरूको ज्यान गएको दाबी गरेका छन् ।
उनको आरोप छ– डिजेको चर्को आवाज सामान्य मानिसहरूका लागि आतंक बनेको छ । उनले भने, 'आवाज यति चर्को थियो कि जनावरहरूले पनि खम्बा उखेलेका थिए । यसअघि पनि तीन–चार पटक डिजेको आवाजले गाउँका धेरै मानिसहरूको ज्यान गइसकेको छ । गाउँमै एक मनवीर मास्टर थिए, उनको पनि डिजेको चर्को आवाजले मृत्यु भएको थियो ।'
यद्यपि डिजेको चर्को आवाजका कारण हृदयघात भएको हो वा होइन भन्ने पुष्टि भने भएको छैन । परिवारले यस मामिलामा प्रहरीमा कुनै उजुरी दर्ता नगरी बालिकाको अन्तिम संस्कार गरिसकेका छन् ।
पीडित परिवारले मुख्यमन्त्री योगी आदित्यनाथसँग बिहे तथा अन्य समारोहहरूमा बज्ने चर्को डिजेमाथि कडा नियन्त्रण लगाउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण