प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारकाे नामावली पठाउन राप्रपाकाे पत्राचार, बनाइयो मापदण्ड
सारांश
- राप्रपाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली पठाउन जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ।
- पार्टीले उम्मेदवार छनोटका लागि मापदण्ड र क्लस्टर खुलाएको छ, जसमा महिलासहित ३/३ जनाको दरले नामावली पठाउन भनिएको छ।
- उम्मेदवार सिफारिस गर्दा पार्टीमा निरन्तरता, योग्यता, लोकप्रियता, क्षमता, योगदान र चुनाव जित्ने सम्भावनालाई हेरिनेछ।
काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली पठाउन जिल्ला कार्यसमितिलाई मंगलबार पत्राचार गरेको छ ।
राप्रपा संसदीय समितिको मंसिर २८ गतेको बैठकले तय गरेको उम्मेदवार छनोट सम्बन्धी मापदण्ड एवं क्लस्टर खुलाउन भनिएको छ ।
'निर्वाचनमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवार हुन चाहने व्यक्तिहरूको नामावली महिला सहित ३/३ जनाको दरले प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको निर्णयसहित नामावली सङ्कलन गरी आफ्नो राय संलग्न राखी राप्रपा संसदीय समितिमा ७ दिन भित्र पठाई दिनु हुन अनुरोध गरिन्छ,'महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
यस्तो छ मापदण्ड
- पार्टीमा निरन्तरता, योग्यता, लोकप्रियता, क्षमता, पार्टीमा योगदान र चुनाव जित्ने सम्भावना भएको व्यक्तित्व
- जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गरी सबैलाई अवसर पाउने विषयलाई मध्यनजर राखी समानुपातिक निर्वाचनमा उम्मेदवार सिफारिस हुँदा यस भन्दा अघिको (२०६४ सालको संविधानसभाको निर्वाचन देखि), संविधानसभा, प्रतिनिधि सभा / प्रदेश सभाको निर्वाचनमा सिफारिस भई निर्वाचन आयोगको बन्द सूचीमा नाम परी निर्वाचित भएकालाई सिफारिस नगरिने र नयाँलाई अवसर दिने.
क्लस्टर (समानुपातिकको लागि) : उपलब्ध भएसम्म आदिवासी जनजाति, खस/आर्य, थारु, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र ।
संलग्न हुनु पर्ने कागजात : जिल्लाबाट सिफारिस पठाउँदा प्रत्येक उम्मेदवारको नागरिकता र मतदाता परिचय पत्रको प्रतिलिपिहरू अनिवार्य रूपमा संलग्न हुनु पर्नेछ । उक्त डकुमेन्टहरू संलग्न नभई आएको सिफारिसलाई मान्यता दिइने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण