बक्स अफिसमा ‘धुरन्धर’ को राज : हलिउडका ब्लकबस्टर फिल्मलाई समेत पछि पार्यो
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर' ले विश्वव्यापी बक्स अफिसमा राम्रो कमाई गर्दै नयाँ कीर्तिमान बनायो।
- फिल्मले दोस्रो सातामा हलिउडका कैयौँ चर्चित फिल्मलाई पछि पार्दै ६३९ करोड भारु कमायो।
- 'धुरन्धर' ले हलिउड फिल्म 'विकेड' लाई पछि पार्दै सर्वाधिक कमाउने फिल्मको सूचीमा तेस्रो स्थान हासिल गर्यो।
मुम्बई । रणवीर सिंह अभिनित चलचित्र 'धुरन्धर' ले विश्वव्यापी बक्स अफिसमा तहल्का मच्चाएको छ। प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा फिल्मले कमाइका नयाँ कीर्तिमान कायम गर्दै कैयौँ चर्चित हलिउड चलचित्रहरूलाई समेत पछि पारेको हो।
ओपनिङ विकेन्डमा १५८ करोड भारु कमाएर सुखद सुरुवात गरेको ‘धुरन्धर’ ले दोस्रो सातामा आफ्नो व्यापारलाई झन् बढाएको छ। बलिउड बक्स अफिसको इतिहासमै दोस्रो विकेन्डमा पहिलो हप्ताको तुलनामा व्यापार बढाउने यो विरलै घटना मानिएको छ।
विश्वव्यापी ६३९ करोडको व्यापार
पहिलो हप्ताको अन्त्यसम्म 'धुरन्धर' ले विश्वभर ३१९ करोड भारु ग्रस कलेक्सन गरेको थियो । डिसेम्बर १२ देखि १४ सम्मको दोस्रो विकेन्डमा फिल्मले थप २२५ करोड भारु थप्दै १० दिनमा ५४४ करोडको आँकडा पार गर्यो। पछिल्लो तथ्याङ्क अनुसार फिल्मको कुल विश्वव्यापी कमाइ ६३९ करोड भारु पुगेको छ, जसमा भारत बाहिरको बजारबाट मात्रै १६ मिलियन डलर सङ्कलन भएको छ।
हलिउड फिल्म 'विकेड' लाई पछि पार्दै तेस्रो स्थानमा
दोस्रो विकेन्डमा २५ मिलियन डलर थप्दै धुरन्धर विश्वभर सर्वाधिक कमाउने फिल्मको सूचीमा तेस्रो स्थानमा पर्न सफल भयो। 'बक्स अफिस मोजो' का अनुसार यो साता 'जुटोपिया २' र 'फाइभ नाइट्स एट फ्रेडीज २' मात्रै धुरन्धर भन्दा अगाडि रहे।
रणवीरको फिल्मले हलिउडको बहुप्रतिक्षित सिक्वेल 'विकेड: फर गुड' लाई समेत उछिनेको छ। 'विकेड' ले सोही अवधिमा १३ मिलियन डलर मात्रै कमाएको थियो। यसका साथै धुरन्धरले 'प्रिडेटर: ब्याडल्याण्ड्स', 'नाउ यु सी मी: नाउ यु डन्ट' र 'जुजुत्सु काइसेन: एक्जिक्युसन' जस्ता ठुला हलिउड चलचित्रको साप्ताहिक व्यापारलाई समेत पछि पारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण