इलामका दुई क्षेत्रमा कांग्रेसका ११ आकांक्षी, पूर्वसांसद थापाको नाम दुवैतिर
विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस इलामले आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाउँदै केन्द्रमा सिफारिस गरेको छ ।
जिल्लाका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न चाहने ११ जना आकांक्षीहरूको नाम जिल्ला कार्यसमितिले अघि सारेको हो । सिफारिस सूचीमा पुराना तथा प्रभावशाली नेताहरूसँगै केही नयाँ अनुहारसमेत समेटिएका छन् ।
नेता केशव थापाको नाम इलामका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस हुनुलाई चासोका साथ हेरिएको छ । थापा यसअघि तीन निर्वाचन क्षेत्र हुँदा क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद हुन् ।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । जसमा निस्कल राई, केशव थापा, टीकाराम सुब्बा लेप्चा, डम्बर खड्का, भुपेन्द्र कट्टेल, हरिप्रसाद लुइँटेल र नगेन्द्र बुढाथोकी रहेका छन् । आकांक्षीमध्ये सुब्बा लेप्चा संविधानसभामा समानुपातिक सदस्य रहिसकेका नेता हुन् । यसैगरी यस क्षेत्रबाट समानुपातिकतर्फ चक्र (अविशेक) एक्तेन, भिष्म प्रधान, अनिता श्रेष्ठ र कुसुम दहालको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको यस क्षेत्रमा भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्दम र ईश्वर चिपालु रहेका छन् । यहाँबाट सिफारिस भएका नगेन्द्र कुमाल यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भइसकेका छन् ।
क्षेत्र नम्बर २ को समानुपातिकतर्फ भने कांग्रेसले पूर्वसांसद सुजाता परियारसहित ७ जनाको नाम पठाएको छ । परियार यसअघि दुईपटक सांसद बनिसकेकी छन् । समानुपातिक सूचीका अन्य सदस्यहरूमा माधव चौलागाईं, प्रेमिका रानामगर, धनमान बराइली, शान्तिकला राई तामाङ, निर्मला सन्जेल र भुवानीशमशेर राई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण