शक्ति लम्साल स्मृति साहित्य पुरस्कार स्थापना, स्मृतिग्रन्थ प्रकाशनको तयारी
बुधबार, ०२ पुस २०८२, १९ : ४८
काठमाडौँ । दिवङ्गत साहित्यकार शक्ति लम्सालको स्मृतिमा ‘शक्ति लम्साल स्मृति साहित्य पुरस्कार’ स्थापना गरिएको छ ।
लम्सालकी जीवनसाथी कृष्णा लम्सालले चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरेपछि प्रगतिशील लेखक सङ्घ (प्रलेस) मार्फत पुरस्कार सञ्चालन गरिने भएको हो ।
अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट वार्षिक रूपमा साहित्य पुरस्कार प्रदान गरिनेछ। प्रलेसले शक्ति लम्सालको आगामी स्मृति दिवस २०८३ कात्तिक २४ गते पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने र सोही अवसरमा ‘शक्ति लम्साल स्मृतिग्रन्थ’ प्रकाशन तथा लोकार्पण गर्ने निर्णय गरेको छ ।
स्मृतिग्रन्थका लागि संस्मरण सङ्कलन, अप्रकाशित रचनाहरू, अन्तर्वार्ता खोजी तथा सम्पादन कार्यका लागि सम्पादक मण्डल गठन गरिनेछ। उक्त जिम्मेवारी नारायण शर्मा पौडेललाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण