यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
शुक्रबार, ०४ पुस २०८२, ०६ : ४९
सारांश
- रास्वपाले मधेश प्रदेशका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
- उम्मेदवारहरूसँग छलफल पौष ५ गते जनकपुरमा हुनेछ, र घरदैलो कार्यक्रम पौष ६ र ७ गते सञ्चालन हुनेछ।
- पार्टीले उम्मेदवारलाई तयारी गर्न अनुरोध गर्दै छुटेका नामहरू प्रदेश सभापतिमार्फत जानकारी गराउन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मधेश प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते जनकपुरमा हुनेछ।
उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।
यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
-
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण