बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

भैरहवा विमानस्थलमा हुस्सु, काठमाडौँमै रोकिए रवि

शुक्रबार, ०४ पुस २०८२, ११ : १८
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • रास्वपा सभापति रवि लामिछाने भैरहवा विमानस्थलमा हुस्सु लागेका कारण काठमाडौँमै रोकिएका छन्।
  • भैरहवा विमानस्थल नखुलेका कारण लामिछाने जिल्ला अदालत उपस्थित हुन सकेका छैनन्।
  • उच्च अदालत बुटवलले लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो।

बुटवल । रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन् । बिहान साढे ८ बजे  नै  त्रिभुवन विमानस्थल पुगेका लामिछाने  भैरहवा  विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् । 

फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि  विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले रातोपाटीलाई बताए । 

उनले भने, ‘विमानस्थल खुलेपछि  आउनुहुन्छ, त्यसपछि जिल्ला अदालत उपस्थित हुनुहुन्छ।’ विमानस्थल खुल्न अझै समय लाग्न सक्ने रुपन्देहीका प्रहरी प्रमुख प्रदीपबहादुर  क्षेत्रीले बताए । उनले भने, ‘भिजिवलिटी अहिले निकै कम छ, अब घाम लागेपछि मात्रै खुल्छ ।’ सामान्यता भिजिवलिटी १८ सय हुनुपर्ने भए पनि अहिले जम्मा ३, ४ सय मात्रै रहेको उनले बताए ।

उच्च अदालत बुटवलले  हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले आज निवेदन दिनेछन् । त्यसपछि जम्मा भएको २ करोड ७४ लाख रकम बैंक प्रतिनिधिले बुझ्ने र रविलाई कागज गराएर छाडिने अर्यालले रातोपाटीलाई बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप