सवारी दुर्घटनामा ५ वर्षीय बालकसहित २ जनाको मृत्यु
सारांश
- मोरङको सुनवर्षीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
- बागलुङमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ, जिप चालक प्रहरी नियन्त्रणमा छन्।
- दुवै दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । मोरङ र बागलुङमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–४ कासिजामस्थित सडकमा मे.११ प १४० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही नगरपालिका–४ बस्ने ६२ वर्षीय जयराम
प्रसाद दासको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मकालु अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिका–४ कुंडुलेस्थित सडकमा ध.१ च. १३३६ नम्बरको जिपको ठक्करबाट पैदल यात्री काठेखोला गाउँपालिका–१ धैरेनी बस्ने शिवप्रसाद शर्माको ५ वर्षीय छोरा सूर्य ढुङ्गानाको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते
भएका उनको धौलागिरि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण