महाधिवेशनको समीक्षा गर्न बस्यो एमाले केन्द्रीय कमिटी बैठक
सारांश
- एमालेको ११औँ महाधिवेशनपछि शुक्रबार पहिलो केन्द्रीय कमिटी बैठक बसेको छ।
- बैठकमा महाधिवेशनको समीक्षा, राजनीतिक कार्यदिशा, र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।
- नयाँ नेतृत्व र संरचनासँगै पार्टीलाई आगामी चुनौती सामना गर्न सशक्त बनाउने योजना छ।
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशनपछि शुक्रबार पहिलो केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । बैठक थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा केहीबेर अघि मात्र सुरु भएको हो ।
राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका थिए । शपथपछि पार्टीको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु भएको मानिन्छ ।
शुक्रबारको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्य योजनाबारे छलफल हुने बताइएको छ ।
साथै, पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन् । एमालेको ११ औँ महाधिवेशनले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । नयाँ नेतृत्व र केन्द्रीय संरचनासँगै पार्टीलाई आगामी राजनीतिक चुनौतीहरू सामना गर्न थप सशक्त बनाउने दिशामा लैजान बैठकले महत्त्वपूर्ण भूमिका खेल्ने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण