अदालतको आदेशसँगै रवि लामिछाने रास्वपाको मूल जिम्मेवारीमा फर्किँदै
सारांश
- उच्च अदालतले रवि लामिछानेलाई थुनामुक्त गरेपछि उनी रास्वपाको सभापति पदमा फर्किने भएका छन्।
- रास्वपाले विज्ञप्ति जारी गर्दै लामिछानेको पदीय जिम्मेवारीमा पुनरागमन हुने जनाएको छ।
- पार्टीले लामिछानेमाथि लगाइएका मुद्दालाई राजनीतिक प्रतिशोधको श्रृङ्खलाको रूपमा लिएको छ।
काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन् ।
रास्वपाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति लामिछाने तत्कालै आफ्नो पदीय जिम्मेवारीमा फर्कन लागेको जानकारी दिएको हो ।
रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा अदालतको आदेशप्रति सम्मान व्यक्त गरिएको छ । 'विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'सभापतिज्यूमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको र अहिलेको नागरिक सरकारले यसलाई पूर्णविराम लगाउनेमा पार्टीले विश्वास लिएको छ ।'
रास्वपाले लामिछानेविरुद्धका मुद्दाहरूलाई 'झुटा' र तत्कालीन सरकारको राजनीतिक प्रतिशोधको परिणाम भएको दाबीसमेत गरेको छ । सभापति पक्राउ परेपछि सिर्जित परिस्थितिमा साथ दिने देश-विदेशमा रहेका समर्थक, शुभेच्छुक र न्यायप्रेमी नेपालीहरूप्रति पार्टीले आभार प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण