एमालेको पहिलो केन्द्रीय कमिटी बैठकले के–के गर्यो निर्णय ?
सारांश
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संशोधित विधान र राजनीतिक प्रतिवेदन एक हप्ताभित्र प्रकाशन गर्ने निर्णय गरेको छ।
- बैठकले विधान सम्पादन र प्रकाशनको जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ, साथै कार्यविभाजनको जिम्मेवारी पनि तोकेको छ।
- पुस २६, २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटीको दोस्रो बैठक बस्ने र सल्लाहकार परिषद् गठन गर्ने निर्णय भयो।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार विधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय गर्दै त्यसको जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।
केन्द्रीय कमिटी पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी पनि सचिवालयलाई दिएको छ । एमालेको सचिवालयमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।
बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ काठमाडौँमा बस्ने निर्णय गर्नुका साथै पदाधिकारी र केन्द्रीय सदस्यबाट विदा भएकाहरूलाई समेटेर राष्ट्रिय सल्लाहकार परिषद् गठन गरेर कामको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण