साढे तीन सय हेक्टर भन्दा बढी जग्गाको लालपूर्जा हस्तान्तरण
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–९ मा द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका साढे ३ सय हेक्टर भन्दा बढी जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको छ ।
द्वन्द्वकालमा नापी, मालपोतसहितका सरकारी कार्यालय आगजनी हुँदा २३ वर्षदेखि जिल्लाका चार स्थानीय तहका सम्पूर्ण लालपूर्जा जलेर नष्ट भएका थिए ।
आगजनीबाट नष्ट भएका चैनपुर–९ को ३ सय दशमलव ५२ हेक्टर जग्गाको कित्ताकाट सकिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिए। हालसम्म चैनपुरको वडा नं. ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको छ ।
विसं २०५९ वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायतका महत्वपूर्ण कागजात नष्ट भएका थिए ।
कागजात नभएकै कारण स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि चैनपुरमा विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।
हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नाप नक्सा तथा लालपूर्जा वितरण गरिरहेको छ ।
सीमित स्रोतधान र सीमित जनशक्तिका कारण चार स्थानीय तहको २४ हजार हेक्टर मध्ये हालसम्म सात हजार ५०० हेक्टरको नाप नक्सा गरेर जग्गा धनी दर्ता पूर्जा वितरण गरिसकेको विशेष नापी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण