बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

उदार युरोप ध्वस्त पार्ने बाटोमा लागेका डोनाल्ड ट्रम्प

शनिबार, ०५ पुस २०८२, १२ : ००
शनिबार, ०५ पुस २०८२

सारांश

  • अमेरिकी पूर्वराष्ट्रपति जोन एफ. केनेडीको भनाइ र अमेरिकाको नयाँ सुरक्षा रणनीतिबारे विश्लेषण गरिएको छ।
  • युरोपमा दक्षिणपन्थी शक्तिलाई बढावा दिने अमेरिकी नीतिको उद्देश्य र परिणामबारे चर्चा गरिएको छ।
  • युरोपले रुसको खतराबाट बच्नका लागि प्रभावकारी प्रतिरोध प्रणाली बनाउनुपर्ने सुझाव दिइएको छ।
00:00 / NaN:NaN
Audio By AI

‘हामी स्वतन्त्रताको अस्तित्व जोगाउन तथा त्यसको सफलता सुनिश्चित गर्नका लागि जुनसुकै मूल्य चुकाउन तयार छौँ। जस्तोसुकै बोझ उठाउन तयार छौँ। जस्तोसुकै कठिनाइमा जुध्न तयार छौँ। जुनसुकै साथीलाई सघाउन तयार छौँ तथा जस्तोसुकै दुश्मनको प्रतिवाद गर्नेछौँ।’ यो भनाइ अमेरिकी पूर्वराष्ट्रपति जोन एफ. केनेडीको हो।

सन् १९६१ को जनवरी २० तारिखमा आफ्नो कार्यकालको ‘उद्घाटन मन्तव्य’ राख्दै गर्दा उनले यस्तो अभिव्यक्ति दिएका थिए। मन्तव्यमार्फत उनले आफ्नो प्रशासनको उद्देश्य पनि घोषणा गरिरहेका थिए। त्यतिबेला शीतयुद्धले उचाइ लिएको समय थियो। आपसमा विभाजित युरोपका लागि उनको मन्तव्य सनसनीपूर्ण थियो।

आज फर्केर हेर्दा, हामी त्यस्तो सशक्त आकांक्षाले भियतनाम युद्धमा हामफाल्न उकासेको अनुभव गर्छौँ। यद्यपि, उनको अभिव्यक्तिले महाशक्ति अमेरिकाको नैतिक लक्ष्यलाई व्यवस्थित विचारमा प्रस्तुत गरेको सङ्केत पाउँछौँ। तमाम असफलताहरूका बाबजुद पनि मानिसहरू त्यस्तो लक्ष्यमा विश्वास गर्थे। उनीहरूलाई लाग्थ्यो– नाजी वा कम्युनिस्ट भन्दा पृथक् अमेरिकाले स्वतन्त्रता र लोकतन्त्रमा विश्वास गर्छ। त्यतिबेला केनेडीको प्रतिबद्धताको महत्त्व युरोपेलीहरूलाई जति कसैलाई थिएन।

अन्ततः त्यसले सोभियत साम्राज्यको विघटन गराउने अवस्थासम्म पुर्‍यायो। पूर्वी र मध्य युरोपमा एकीकरण, शान्ति र समृद्धिको नयाँ लहर चल्न थाल्यो। तर सधैँ समय उस्तै रहेन। इतिहासमा प्रायः हुने घटनाहरू जस्तै त्यसबेलाको आशा पुनः निराशामा फेरिन थाल्यो।

दस्तावेजले अमेरिकी सरकारको शक्ति ‘लोकतन्त्र रक्षाको’ नाममा दुरुपयोग गर्न दिन नहुने उल्लेख गरेको छ। त्यस लगत्तैको अनुच्छेदमा भनिएको छ, ‘हामी युरोप, अंग्रेजी भाषी क्षेत्र तथा बाँकी लोकतान्त्रिक विश्वमा सम्भ्रान्तहरूले चलाएका अलोकतान्त्रिक अवरोधहरूको विरोध गर्दै खारेज गर्नेछौँ।’

युरोपभित्रै जातिद्वेषी तथा लोकतन्त्र–विरोधी शक्तिहरूले टाउको उठाउन थाले। अधिनायकवादको उदय भयो। प्रतिशोध र बदलाभावसहित रुस अगाडि आउन थाल्यो। समकालीन युरोपका आधारभूत मान्यताहरूमाथि ट्रम्पको दोस्रो कार्यकाल आक्रामक बन्यो।

अहिले अमेरिकाले नयाँ राष्ट्रिय सुरक्षा रणनीति अघि सारेको छ। रणनीतिका अनौठा विशेषता छन्। युरोपका लागि त झन् तर्साउने खालका प्रावधान छन् त्यहाँ। अमेरिकाले अहिले युरोपलाई नै आफ्नो वैचारिक शत्रु मानेको छ। सिङ्गो दस्तावेज नै केवल भौतिक स्वार्थलाई केन्द्रमा राखेर तयार गरिएको छ। त्यसमा विचारधाराको महत्त्व असाध्यै कम छ। लोकतन्त्र र स्वतन्त्रतामाथिको खतरा केवल अमेरिकाभित्रैका विपक्षी तथा बाहिरका निकटतम साझेदारहरूबाट आउने भनिएको छ।

दस्तावेजले अमेरिकी सरकारको शक्ति ‘लोकतन्त्र रक्षाको’ नाममा दुरुपयोग गर्न दिन नहुने उल्लेख गरेको छ। त्यस लगत्तैको अनुच्छेदमा भनिएको छ, ‘हामी युरोप, अंग्रेजी भाषी क्षेत्र तथा बाँकी लोकतान्त्रिक विश्वमा सम्भ्रान्तहरूले चलाएका अलोकतान्त्रिक अवरोधहरूको विरोध गर्दै खारेज गर्नेछौँ।’

अमेरिकाको घोषणा यतिमा मात्र सीमित छैन। अझ अघि बढेर, ‘अमेरिकी कूटनीतिले वास्तविक लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता तथा युरोपेली देशहरूको चरित्र र इतिहासको सम्मानको पक्षमा आफूलाई उभ्याउनुपर्छ। अमेरिका आफ्ना युरोपेली साझेदार मुलुकहरूलाई आफ्नो स्वत्व पुनः जगाउन पनि आह्वान गर्छ। साथै युरोपका देशभक्त पार्टीहरूको बढ्दो प्रभावले महान् आशावादिता प्रदान गरिरहेको छ’ भनिएको छ। यी वाक्यहरू सचेततापूर्वक लेखिएकै भान हुन्छ।

यसको अर्थ प्रष्ट छ: अमेरिकाले युरोपलाई सघाउनुको मुख्य उद्देश्य त्यहाँका दक्षिणपन्थी ‘देशभक्त’ लाई महादेशभर नै शक्तिमा ल्याउनु हो। यस्तो अभियानलाई रोक्ने वा प्रतिरोध गर्न खोज्नेहरूलाई दस्तावेजले लोकतन्त्र विरोधी भनेको छ। दक्षिणपन्थी उग्रवादीहरूलाई लोकतान्त्रिक बाटोबाटै शक्तिमा आउन सघाउने यस्तो अभियानको नतिजाबारे युरोप यसअघि नै भुक्तभोगी छ। युरोपेलीहरू हिटलर कसरी सत्तामा आए भन्ने झल्को पाउँछन् यस्तो प्रवृत्तिमा।

अमेरिकी ध्येय प्रष्ट छ। दस्तावेजमा लेखिएको छ, ‘हाम्रो लक्ष्य युरोपलाई त्यस्तो बाटोमा लाग्नेहरूबाट रोकेर सुधार्नु हो।’

युरोपका अति दक्षिणपन्थीहरू र अमेरिकाको गठबन्धन अझै प्रष्ट हुँदै गएको छ। अमेरिकी दस्तावेजले युरोपलाई ‘सभ्यता नै मेट्ने कुचेष्टा’ बाट जोगाउने भनेको छ। त्यसका लागि युरोपेली सङ्घ, व्यापक आप्रवासीको आगमन, वाक् स्वतन्त्रतामाथिको नियन्त्रण एवं राजनीतिक विपक्षमाथि भएको दमनलाई जिम्मेवार मानिएको छ।

अमेरिकी ध्येय प्रष्ट छ। दस्तावेजमा लेखिएको छ, ‘हाम्रो लक्ष्य युरोपलाई त्यस्तो बाटोमा लाग्नेहरूबाट रोकेर सुधार्नु हो।’ तर प्रश्न उठ्छ– अमेरिकाले युरोपको बाटो कसरी सुधार्छ त? यसको जवाफ प्रष्ट छ– अहिलेका दक्षिणपन्थी अधिनायकवादीहरू, नव–फासिवादीहरू तथा पुटिनका प्रशंसकहरूलाई शक्तिमा आउन सघाएर।

दस्तावेजको बाँकी भाग भने बकवास र हास्यास्पद अनुभव हुन्छ। उदाहरणका लागि, त्यहाँ चीनसँग कस्तो व्यवहार गर्ने भन्नेबारे कुनै व्यवस्थित रणनीति छैन। देशहरूले अमेरिकालाई जतिसुकै अनुचित, तर्कहीन र अविश्वसनीय व्यवहार गरे तापनि विशेष गरी शुल्क र सहुलियतहरू माग गर्ने अन्य माध्यमहरूमा भने उसले विश्वास गरिरहनेछ भन्ने मान्यता छ।

दस्तावेजले चीनको प्रभाव बढ्दै जाँदा अमेरिकाले दक्षिण अमेरिकालाई आफ्नो अधीनता स्वीकार गर्न बाध्य पार्न सक्ने सम्भावनाप्रति पनि त्यति नै मुखर भएर बोलेको छ। अमेरिकी प्राविधिक सर्वोच्चता जोगाउन देशको विज्ञान विरुद्ध युद्ध तथा आप्रवासीहरूप्रति नस्लवादी शत्रुताले सघाउने ठानिएको छ। दस्तावेजमा एउटा भनाइ वास्तवमै महत्त्वपूर्ण छ।

जसमा भनिएको छ, ‘हामी विनाशकारी जलवायु परिवर्तन र नेट शून्य जस्ता विचारधाराहरूलाई अस्वीकार गर्छौँ। त्यस्ता विचारले युरोपलाई धेरै हानि पुर्‍याएका छन्। अमेरिकालाई जोखिममा पार्दै हाम्रा दुश्मनहरूलाई भने सहुलियत दिएका छन्।’ यो सबै हेरिल्याउँदा, हामी त्यसका सबै प्रपञ्चहरू अबको भविष्य चीनलाई सुम्पने अमेरिकी रणनीति रहेको बुझ्न सक्छौँ।

दुईवटा विश्वयुद्धमा भोगेका त्रासदीहरूको सम्झनाले पनि युरोपलाई चिन्तित बनाउँछ। तर अब विघटन बाहेक अर्को कुनै विकल्प पनि छैन।

अमेरिकी रणनीतिको सबैभन्दा ठुलो मारमा युरोप पर्नेवाला छ। अब युक्रेनको रक्षा उनीहरू आफैँले गर्नुपर्ने देखिन्छ। अझ खराब त, अमेरिकाले आगामी दिनमा युरोपेली सङ्घलाई एउटा संस्थाका रूपमै देख्न चाहँदैन। त्यसलाई ध्वस्त पार्न चाहन्छ। साथै ट्रम्प र पुटिनका प्रशंसकहरूको हातमा शक्ति दिन चाहन्छ। त्यस्तो अवस्था पक्कै पनि युरोपका लागि पीडादायक हुनेछ।

दुईवटा विश्वयुद्धमा भोगेका त्रासदीहरूको सम्झनाले पनि युरोपलाई चिन्तित बनाउँछ। तर अब विघटन बाहेक अर्को कुनै विकल्प पनि छैन। यो कुरा बेलायतको हकमा पनि लागू हुन्छ। ‘ब्रेक्जिट’ का नाममा युरोपबाट छुट्टिने निर्णय कति घातक थियो भन्ने अहिले बेलायतले अनुभव गरिरहेको छ।

प्रश्न छ, अब के गर्ने त? तत्कालीन लक्ष्य युक्रेनलाई सघाउनेमा हुनुपर्छ। युक्रेनलाई न्यायपूर्ण र दिगो शान्तिका लागि आवश्यक पर्ने जस्तोसुकै साधनहरू सकेसम्म उपलब्ध गराउनुपर्छ। युरोपले रुसको खतराबाट बच्न प्रभावकारी प्रतिरोध प्रणाली बनाउनुपर्छ। फिलिप हिल्डरब्रान्ड, हेलेन रे तथा मोरिज स्कुलारिकले गज्जबको प्रस्ताव अघि सारेका छन्। उनीहरूले भने जस्तै ‘युरोपेली प्रतिरक्षाको सञ्चालन प्रणाली तथा वित्तीय व्यवस्था’ ले काम गर्न सक्छ।

केनेडीको भाषणलाई दोहोर्‍याएर पढ्दा मेरो दिमागमा ट्रम्पको नक्कली संस्करणका रूपमा ती वाक्यहरू देखा पर्छन्। ‘हामी आफ्नो, परिवार र साथीहरूको सम्पत्ति र शक्ति सुनिश्चित गर्नका लागि जस्तोसुकै कदम चाल्न तयार छौँ। अरूलाई जस्तोसुकै बोझ लाद्न पछि पर्दैनौँ। जतिसुकै कठिनाइ दिन पनि अप्ठ्यारो मान्दैनौँ। जुनसुकै मित्रको विरोध गर्न पनि अप्ठ्यारो मान्दैनौँ। तथा जस्तोसुकै शत्रुसँग पनि मित्रता गर्नेछौँ।’

ट्रम्पको गतिविधि आत्मकेन्द्रित र कारोबारी भए तापनि ‘मागा’ (MAGA) आन्दोलनको भने फरक हो जस्तो लाग्न सक्छ। नोहा स्मिथ लेख्छन्, ‘अमेरिकी दक्षिणपन्थीहरू युरोपको ठुलो मान गर्छन्। किनभने उनीहरूलाई युरोप भनेको गोरा इसाईहरूको मातृभूमि हो जस्तो लाग्छ।’

अमेरिकासँग अब धेरै आशा गर्ने ठाउँ छैन। उदार युरोपले आफूलाई जोगाएर अघि बढ्ने हो भने सबै प्रतिक्रियावादी काल्पनिकीहरू खण्डन गर्ने, तिनीहरूसँग जुध्ने र तिनीहरूलाई हराउने बाहेक अब अर्को बाटो छैन।

(फाइनान्सियल टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मार्टिन वुल्फ
मार्टिन वुल्फ
लेखकबाट थप