प्रकाशचन्द्र खतिवडाका तीन कविता
सारांश
- पहिलो खण्डमा सत्ताको उन्मादमा नेताले शहीदको सपना बिर्सेको चित्रण गरिएको छ।
- दोस्रो खण्डमा महिलामाथि हुने हिंसा र त्यस विरुद्धको विद्रोहको स्वरलाई प्रस्तुत गरिएको छ।
- तेस्रो खण्डमा व्यक्तिको मृत्यु र त्यसपछिको अवस्थालाई विशेष शैलीमा वर्णन गरिएको छ।
(१)
सत्ता उन्माद
आकाश खलेुको थियो
बादलका टुक्रा वेपत्ता थिए
सूर्योदयको त्यो क्षण
चराहरु चिरविराई रहेका थिए ।
क्रान्ति उचाइमा थियो
योद्धाहरु परेड खेलिरहेका थिए
शहीद पार्कमा शहीदहरु
हाँसि रहेका थिए
आमाहरु रित्ता काख भुलेर
मुक्ति गीत गाई रहेका थिए
शहीद पत्नीहरु सिंदुर पुछिए पनि
विजयका झण्डा फहराई रहेका थिए ।
वर्षौबाट दमित आवाज
युगौको उत्पीडन
दासताको पराकाष्ठा
शासित हुनुको पीडा
लुटिएको भविष्य
सबै सबै भुलेर
विजय यात्रामा सामेल थिए अवोध मान्छेहरु ।
समय गतिहीन हुनै सक्दैन
नेता भाषण गरिरहेको थियो
उत्तेजित शब्द मिसाएर
उ कशम खान्थ्यो
भुल्ने छैन शहीदहरुको सपना
भुल्ने छैन अनाथहरुको भविष्य ।
अहिले उ सत्तामा छ
उसलाई सत्तारोहण गराउनेहरु
क्षोभ प्रकट गरि रहेछन
सत्ता उन्मादले मत्तिएर
उसले भुलि सक्यो शहीदहरको सपना
भुलि सक्यो अनाथहरुको भविष्य ।
(२)
विद्रोहको स्वर
तिम्रो वदनाम गर्नका खातिर
उ ज्यान फालेर लागेको छ
तिमीलाई वेश्याको आरोप लगाएर
उ कोठी धाइ रहेको छ ।
तिमीलाई हेक्का हुनुपर्ने
विवाह पूर्व नै उसले
यौन सम्पर्क प्रस्ताव गरेको थियो
तिमीले रजस्वला भएको वहाना बनाई
यौन सम्पर्क अस्वीकार गरेपछि
उ सिंह झै गर्जेको थियो ।
तिम्रो भावनामा खेल्दै
तिमीलाई निरिह बनाई
पुरुषत्वको हुंकार छोडेर
तिमीमाथि शासन गर्छ उ
तिमी बोल्दिनौ
झन–झन निरङकुश बन्छ उ ।
तिम्रो कोमलताले पग्लदैन उ
कठोर धातुले बनेको छ उसको मन
तिम्रो असहमति भएरै पनि
तिमी माथि जाईलाग्छ उ
तिमीलाई जबरजस्ति करणी गर्ने
यौन पिपासु हो उ ।
तिम्रो जिन्दगी चोइटिएको छ
तिम्रा सपना तुहिएका छन
जिन्दगीको उर्जा गुमाएर
तिमी निराश बनेकी छौ
तिम्रो सपनाको महल ढालिएको छ
जिजीविषा खोसाएकी छौ ।
तिम्रो धैर्यता टुटुनु पर्ने
विद्रोहको स्वर उराल्दै
पुरुषत्व ढाल्नु पर्ने
तिम्रो कदम अगाडि बढाउ
हातमा हात मिलाउँदै
खोशिएको जिजीविषा खोज्नु पर्ने ।
(३)
मेरो मृत्यु
मेरो मृत्यु
सामयिक हुनेछ
मेरो लाश
खटमा बाँधेर
मृत्यु उत्सव
मनाउने छन मलामीहरु ।
छोरा छोरी
रुने छैनन्
पुछिने छैन सिउँदो
टुटाउने छैनन्
बाआमाले भरोसा
जिन्दगीको
अथकित यात्रामा
विराम लाउने छैनन
समकालीन योद्धाहरु ।
फूलहरु हाँसि रहने छन
मेरो मृत्यु देखेपछि
गरिने छैन अविर जात्रा
बजाइने छैन
एकोहोरो शङ्ख
बजाइने छ
नौमति बाजा मात्रा ।
बनाइने छैन चिता
दिइने छैन दाग बत्ति
ओढाइने छ कालो बर्की
हुने छैन श्रद्धाञ्जली सभा
गरिने छैन मौन धारण
दिइने छैन समवेदना
गिद्धलाई डुङ्गाइने छ लाश
उठाइने छन मुठ्ठीहरु ।
मेरो मृत्यु
मेरो जित हो
मैले हारेर बाँच्नु छैन
मलाई सम्झ या नसम्झ
म झुली बस्नेछु
तिम्रा आँखाहरुमा
इतिहासले थुकेको समय कोट्याउँदै ।
(सुन्दरहरैंचा –०६, दुलारी, मोरङ)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण