रौतहटबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार सिफारिस, प्रत्यक्षतर्फ ४ जनाको नाम
सारांश
- रौतहट जिल्लाबाट नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
- प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फका उम्मेदवारहरूको नाम सिफारिस पत्रमा समावेश गरिएको छ।
- सिफारिसमा कृष्णप्रसाद यादव, रामेश्वरप्रसाद यादव, र अन्य विभिन्न व्यक्तिहरूको नाम समावेश छन्।
रौतहट । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्देशनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लाबाट उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको बैठकको निर्णयअनुसार जिल्ला कार्य समितिलाई पठाइएको सिफारिस पत्रमा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा तर्फका उम्मेदवारहरूको नाम समावेश गरिएको छ।
प्रत्यक्षतर्फ सिफारिस उम्मेदवार
प्रतिनिधिसभा प्रत्यक्षतर्फ कृष्णप्रसाद यादव, रामेश्वरप्रसाद यादव, नितेशकुमार गुप्ता र सन्तु यादव सिफारिस भएका छन्।
समानुपातिकतर्फ सिफारिस
समानुपातिकतर्फ जनजाति, मधेसी, महिला, मुस्लिम, अल्पसङ्ख्यक तथा खुल्ला समूहबाट गरी बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस गरिएको छ।
राष्ट्रियसभातर्फ
राष्ट्रियसभा सदस्यका लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसङ्ख्यक–खुल्ला) र नरेन्द्र पासवान (दलित) सिफारिस गरिएको छ। २०८२/०९/०४ मितिमा जारी पत्र नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिका सभापति राम राय यादवले हस्ताक्षर गरेका छन् ।
उक्त सिफारिस प्रदेश कार्यसमिति जनकपुर तथा केन्द्रीय कार्य समिति काठमाडौँलाई बोधार्थ पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण