प्रिमियर लिग
हालान्ड चम्किँदा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो
आइतबार, ०६ पुस २०८२, ०० : ३७
सारांश
- शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गर्यो।
- खेलमा एर्लिङ हालान्डले दुई गोल गरे, जसले सिटीको जितमा महत्त्वपूर्ण भूमिका खेले।
- जितसँगै म्यानचेस्टर सिटी ३७ अंकका साथ लिगको पहिलो स्थानमा उक्लियो।
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गर्दै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा सिटीले सुरुदेखि नै खेलमा दबदबा बनाएको थियो ।
सिटीको जितमा स्ट्राइकर एर्लिङ हालान्ड चम्किए । उनले खेलको ५ औँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ६९ औँ मिनेटमा दोस्रो गोल थपे। पहिलो हाफको ३८ औँ मिनेटमा हालान्डकै पासमा तिज्जानी राइन्डर्सले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
जितसँगै म्यानचेस्टर सिटीले ३७ अंक जोड्दै आर्सनललाई पछि पारेर लिग तालिकाको पहिलो स्थानमा उक्लिएको छ । उपाधि होडलाई थप बलियो बनाएको सिटीले प्रतिस्पर्धी टोलीहरूलाई दबाबमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण