अनलाइन गेमको चक्करमा २ वर्षसम्म होटलमा ‘कैद’, कोठाको दृश्य देखेर होटलका कर्मचारीहरू स्तब्ध
सारांश
- चाङ्चुन शहरको एक होटेलमा एक व्यक्ति २ वर्षसम्म एउटै कोठामा बसे।
- कोठा खाली गर्दा कर्मचारीहरूले फोहोरले भरिएको अवस्था भेटे, सफा गर्न तीन दिन लाग्यो।
- होटेलले व्यक्तिको पहिचान गोप्य राखेको छ र भाडा बापतको रकम अझै तिरेको छैन।
काठमाडौँ । चीनको चाङ्चुन शहरमा भएको अनौठो घटना अहिले सामाजिक सञ्जालमा चर्चा बनेको छ । एकजना व्यक्तिले होटलको सामान्य नियम उल्लङ्घन गर्दै २ वर्षसम्म लगातार एउटै कोठामा बस्ने अद्भुत निर्णय गरेका थिए । तर जब उनी चेक आउट भए, त्यति बेला कोठाको अवस्था देखेर होटलका कर्मचारीहरू स्तब्ध बने ।
होटलले विशेष रूपमा ई–स्पोर्ट्स खेलाडीका लागि उच्च प्रदर्शन गर्ने गेमिङ कम्प्युटर, तीव्र इन्टरनेट र गेमिङ चेयरसहितको प्राइभेट कोठा उपलब्ध गराउने गर्छ । उक्त व्यक्तिले यही सुविधा प्रयोग गर्दै २ वर्षसम्म कोठाबाट बाहिर ननिस्कने निर्णय गरेको अनुमान गरिएको छ । खाना र अन्य आवश्यक सामग्रीहरू पनि सिधै कोठामा अर्डर गरिन्थ्यो ।
कोठा सफा गर्न गएका कर्मचारीहरूले उपयोग भएको ट्वाइलेट पेपर, खानाका प्याकेट र अन्य फोहोर देखे, जसले कोठाको हरेक कुनालाई ढाकेको थियो । केही स्थानमा फोहोर तीन फिट उचाइसम्म जमिसकेको थियो भने गेमिङ चेयरहरू समेत पूर्ण रूपमा फोहोरमा पुरिएका थिए ।
होटलका कर्मचारीहरूले कोठा सफा गर्न तीन दिन समय लगाउनु परेको थियो । व्यवस्थापनका अनुसार कोठाको अवस्था यति खराब भएको छ कि पुनर्निर्माण नगरी यसलाई फेरि भाडामा दिन सम्भव छैन ।
होटलका अनुसार, उक्त व्यक्तिको अझै १० दिनभन्दा बढी भाडा बाँकी छ, जुन करिब तीनसय पाउन्ड बराबरको छ । तर अहिलेसम्म होटलले प्रहरीमा रिपोर्ट दर्ता गरेको छैन भने व्यक्तिको पहिचान पनि गोप्य राखेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण