बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी न्याय मन्त्रालयको वेबसाइटबाट गायब भए ट्रम्पको तस्बिरसहित एपस्टाइनसँग सम्बन्धित १६ फाइल

आइतबार, ०६ पुस २०८२, ०८ : २५
आइतबार, ०६ पुस २०८२

सारांश

  • अमेरिकी न्याय मन्त्रालयको वेबसाइटबाट जेफ्री एपस्टाइनसँग सम्बन्धित १६ वटा फाइलहरू गायब भएका छन्।
  • हराएका फाइलहरूमा डोनाल्ड ट्रम्पको तस्बिर र नग्न महिलाका चित्रहरू समावेश थिए।
  • यस घटनाबारे मन्त्रालयले कुनै स्पष्टीकरण दिएको छैन, जसले सामाजिक सञ्जालमा चर्चा बढाएको छ।

वासिङ्टन डीसी । अमेरिकी न्याय मन्त्रालयको वेबसाइटबाट जेफ्री एपस्टाइनसँग सम्बन्धित कागजातहरू भएका सोह्र फाइल गायब भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको भनिएको तस्बिर सहित यी फाइलहरू वेबसाइटमा अपलोड भएको एक दिन भन्दा कम समयमै गायब भएका हुन् । यसबारे सरकारले कुनै स्पष्टीकरण दिएको छैन । जनतालाई पनि जानकारी दिएको छैन।

हराएको कागजातहरूमा नग्न महिलाका चित्रहरू र ट्रम्प, एपस्टाइन, मेलानिया ट्रम्प र एपस्टाइनकी सहयोगी घिसलेन म्याक्सवेललाई देखाइएको तस्बिर समावेश थियो। त्यो तस्बिर फर्निचर र दराजमा भण्डारण गरिएका तस्बिरहरूमध्ये थियो। यी फाइलहरू जानाजानी हटाइएको हो कि होइन भनेर मन्त्रालयले स्पष्ट पारेको छैन। न त यसले सार्वजनिक रूपमा कुनै जानकारी जारी गरेको छ ।

यसबारे संचार माध्यमहरुले सोधेको प्रश्नमा मन्त्रालयका प्रवक्ताले कुनै  जवाफ दिएका छैनन्। यी फाइलहरू हराउनुले सामाजिक सञ्जालमा अड्कलबाजी चुलिएको छ। यो घटनाले एपस्टाइन र उनीसँग सम्बन्धित प्रमुख व्यक्तिहरूको बारेमा सार्वजनिक जिज्ञासालाई थप बढाएको छ।

हाउस ओभरसाइट कमिटीका डेमोक्र्याटिक सदस्यहरूले ट्रम्पको तस्बिर हराएको बारेमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै ूअरू के लुकाइएको छरुू पारदर्शिता अमेरिकी जनताको लागि आवश्यक छ भन्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप