योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण
काठमाडाैँ । विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको हाे ।
ध्यान कार्यक्रममा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा अहिले पनि हाल पनि करिव ६० देशका मानिसहरु आएर ध्यान गर्ने गरेको बताए । ध्यान र योगको आवश्यकता नेपाल भन्दा पनि विकसित देशहरुमा रहेको उनले बताए ।
ध्यान र योगको विकासका लागि नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको उनले बताए । योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय नेपालमा आवश्यक रहेको भन्दै उनले आयुर्वेदको संवद्र्धन र ध्यानका साधकका लागि अभिभावक मन्त्रालय दिन सरकारसँग माग गरे ।
धार्मिक संस्थाको पैसामा कर नलगाउन पनि उनले माग गरे । योग र ध्यानलाई कुनै सरकारी सहयोग नमिलेको भन्दै यसबारे सोच्न सरकारसँग उनले आग्रह गरे । मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखको कुरा भएको उनकाे भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण