जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको बताएका छन् ।
नख्खु कारागारबाट धरौटीमा रिहाइ भएपछि आइतबार पहिलो पटक केन्द्रीय कार्यालय वनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै उनले जेनजीको विद्रोहलाई रास्वपाले नै क्रान्तिमा बदल्ने जिकिर गरे ।
‘विद्रोह भएको छ, त्यसलाई क्रान्तिमा बदल्न बाँकी छ । सिंहदरबार त बनाउँला तर त्यसलाई बदल्नुछ । जेनजीको विद्रोहलाई हामीले रूपान्तरण गर्न बाँकी छ’, उनले भने ।
यस्तै विषम परिस्थितिमा पनि पार्टीलाई जोगाएकोमा कार्यवहाक सभापति डोलप्रसाद अर्याललाई धन्यवाद दिएका छन् ।
‘ममाथि जिल्लैपिच्छे मुद्दा लगाएका छन् । तर पनि मैले विश्वास गुमाएको छैन । सत्य हार्दैन भन्ने मैले विश्वास लिएको छु । यो विश्वास मैले गुमाएको छैन । मसँग सास रहुन्जेल विश्वास बाँकी रहन्छ’, उनले भने, ‘चारैतिरबाट बाँड नै बाँड हानेको अवस्थामा पार्टी जोगाउनु चानचुने कुरा होइन । मेरो अनुपस्थितमा पार्टीलाई अझै उत्साह र एकताबद्ध बनाएकोमा डिपी अर्याललाई धन्यवाद दिन्छु’, उनले भने ।
लामिछानेलाई कार्यालय पुग्ने बेलामा पार्टीका नेताहरू, समर्थक तथा शुभचिन्तकहरूले बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण