पाकिस्तानले जित्यो यु–१९ एसिया कप, भारतको लज्जास्पद हार
दुबई । पाकिस्तानले यु–१९ एसिया कपको उपाधि जितेको छ ।
टोलीले आइतबार भएको फाइनलमा चिर प्रतिद्वन्द्वी भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । दुबईको आईसीसी एकेडेमीमा पाकिस्तानले समीर मिन्हासको उत्कृष्ट प्रदर्शनको मद्दतले भारतसामु ३४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा भारतीय टोली २६.१ ओभरमा १५९ रनमै अलआउट भयो । भारतका लागि ओपनर वैभव सूर्यवंशीले २६ रन बनाउँदा दिपेश देवेन्द्रनले सर्वाधिक ३६ रन बनाए । पाकिस्तानका लागि अली रजाले ४ विकेट लिए भने मोहम्मद स्याम, हुजैफा अहसान र अब्दुल सुभानले २–२ विकेट हात पारे ।
यसअघि भारतीय कप्तान आयुष म्हात्रेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।
पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो । टोलीका लागि समीर मिन्हासले ११३ बलमा १७२ रनको शानदार शतकीय पारी खेले । अहमद हुसैनले पनि ५६ रनको योगदान दिए ।
भारतका लागि दिपेश देवेन्द्रनले ३ विकेट लिए भने खिलन पटेल र हेनिल पटेलले २–२ विकेट लिए । कनिष्क चौहानले एक विकेट हासिल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण