नख्खु कारागारमा डिपीले रविलाई भनेका थिए, ‘तपाईँ बाहिर आउनुस्, म भित्र बस्छु’
सारांश
- रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीमा सम्पन्न भयो, जसमा विभिन्न विषयमा छलफल भयो।
- सभापति रवि लामिछानेले कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई धन्यवाद दिए र सबैप्रति आभार व्यक्त गरे।
- लामिछानेले पार्टीलाई अनुशासित र संयमित रहन आग्रह गर्दै अझै धेरै संघर्ष र जिम्मेवारी बाँकी रहेको बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा विभिन्न विषयहरूमा छलफल भएको छ ।
आइतबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बैठक बसेको थियो ।
बैठकमा पार्टी सभापति लामिछानेले कार्यवाहक सभापति डोल प्रसाद (डिपी) अर्यालले पार्टीलाई सङ्गठित र अनुशासित रूपमा सम्हालेकामा धन्यवाद दिए । लामिछानेले पार्टीका विभिन्न तह,तप्कामा रही आफ्नो जिम्मेवारी पूरा गर्ने सबैप्रति आभार व्यक्त गरे ।
लामिछानेले बैठकमा भने,'हामी अहिले उत्साहित हुन सक्छौँ तर उत्सव मनाउने बेला होइन। अझै धेरै सङ्घर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ ।'
साथै उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका सबैलाई संयमित र अनुशासित हुन अनुरोध समेत गरे । लामिछानेले भावुक हुँदै डिपी अर्यालसम्बन्धी एउटा प्रसङ्गको समेत चर्चा गरे ।
लामिछानेले भने,'एक पटक पार्टी कार्यवाहक सभापति डीपी अर्याल मलाई भेट्न नख्खु कारागार पुग्नुभएको थियो । कार्यवाहक सभापति डीपी अर्यालले पार्टीको नेतृत्व कार्यवाहक दिएको जस्तै कारागारको बसाई पनि कार्यवाहकलाई दिन मिल्दैन ? मिल्छ भने तपाईंको भागमा म भित्र बस्न तयार छु । देशलाई अहिले तपाईंको खाँचो छ । तपाईँ बाहिर जानुस्, त्यस्तो गर्न पाए म तयार छु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण