अपडेट
बालुवाटारमा दुई घण्टादेखि प्रधानमन्त्री र रवि लामिछानेबिच छलफल
आइतबार, ०६ पुस २०८२, २२ : ०६
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेबिच दुई घण्टादेखि छलफल जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति ८ बजेदेखि उनीहरूबिच छलफल भइरहेको हो ।
भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बताइएको छ ।
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,रास्वपाका उपसभापतिद्वय डोल प्रसाद अर्याल, डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल,तोसिमा कार्की लगायत सहभागी छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण