प्रिमियर लिग
एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित
सोमबार, ०७ पुस २०८२, ०१ : ०१
सारांश
- आइतबार भएको खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्यो।
- खेलको पहिलो हाफमा मोर्गन रोजर्सले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए।
- रोजर्सले दोस्रो हाफमा थप एक गोल गर्दै एस्टन भिल्लाको जित सुनिश्चित गरे।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गरेको छ ।
खेलको पहिलो हाफमै स्टन भिल्लाका मोर्गन रोजर्सले ४५ औँ मिनेट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि थपिएको अतिरिक्त तीन मिनेटको समयमा म्यानचेस्टर युनाइटेडका मथियस कुञ्हाले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा फर्काएका थिए ।
एक–एककाे बराबरीमा सिकएकाे पहिलाे हाफपछि दाेस्राे हाफकाे ५७ औँ मिनेटमा रोजर्सले आफ्नो व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै टिमलाई जित दिलाए ।
जीतसँगै एस्टन भिल्लाले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण