बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नाइजेरियामा अपहरण गरिएका थप १३० बालबालिका रिहा

सोमबार, ०७ पुस २०८२, ०९ : ११
सोमबार, ०७ पुस २०८२

सारांश

  • नाइजरमा अपहरणमा परेका १३० बालबालिकालाई नाइजेरियाली अधिकारीहरूले रिहा गरेका छन्।
  • नोभेम्बर २१ मा क्याथोलिक बोर्डिङ स्कूलबाट २५० भन्दा बढी बालबालिका र कर्मचारी अपहरण भएका थिए।
  • सरकारले रिहाइ कसरी सुरक्षित गर्‍यो वा फिरौती दिइयो कि भन्नेबारे जानकारी दिएको छैन।

नाइजर ।  देशको मध्य नाइजर राज्यको क्याथोलिक बोर्डिङ स्कूलबाट अपहरण गरिएका बाँकी १३० बालबालिकाको रिहा भएको नाइजेरियाली अधिकारीहरूले बताएका छन्। देशको सबैभन्दा खराब सामूहिक अपहरण पछि भएको  पछिल्लो रिहाइलाई नाइजेरियाको सङ्घीय सरकारले ‘विजय र राहतको क्षण’ को रूपमा वर्णन गरेको छ।

नोभेम्बर २१ मा पापिरीको सेन्ट मेरी क्याथोलिक स्कूलबाट २५० भन्दा बढी बालबालिका र कर्मचारीहरूलाई अपहरण गरिएको थियो। यस महिनाको सुरुमा लगभग १०० बालबालिकालाई रिहा गरिएको थियो। अधिकारीहरूले एक विज्ञप्तिमा बाँकी १३० बालबालिका र कर्मचारीहरूको उद्धार पुष्टि गर्दै एक जना पनि विद्यार्थी अपहरणकारीको कब्जामा नरहेको बताएको छ । 

मुक्त गरिएका विद्यार्थीहरूको कुल सङ्ख्या अब २३० पुगेको राष्ट्रपतिका प्रवक्ता बायो ओनानुगाले आइतबार भने । अपहरण पछि, कति जनालाई लगिएको छ र कति जना कब्जामा छन् भन्ने कुरा स्पष्ट छैन।सरकारले पछिल्लो रिहाइ कसरी सुरक्षित गर्‍यो - वा कुनै फिरौती तिरिएको थियो कि भन्ने पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

यो घोषणा गर्दै ओनानुगाले गरेको पोस्टमा मुस्कुराउँदै हात हल्लाइरहेका बालबालिकाका तस्बिरहरू  थिए। विद्यार्थीहरू सोमबार नाइजर राज्यको राजधानी मिन्नामा आइपुग्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप