सामुदायिक विद्यालयले कुनै पनि शीर्षकमा शुल्क लिन मिल्दैन : सर्वोच्च अदालत
सारांश
- सर्वोच्च अदालतले निःशुल्क शिक्षाको मौलिक हक कार्यान्वयन गर्न परमादेश जारी गरेको छ।
- काभ्रे जिल्लाका विद्यालयहरूले विद्यार्थीसँग शुल्क लिएको विरुद्ध रिट दायर भएको थियो।
- अनेरास्ववियुको रिटमा सुनुवाइ गर्दै अदालतले शुल्क नलिन आदेश दिएको हो।
काभ्रेपलान्चोक । संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षाको मौलिक हक कागजमै सीमित बन्दै गएको अवस्थाविरुद्ध सर्वोच्च अदालतले चासो देखाउँदै त्यस्तो नगर्न परमादेश जारी गरेको छ । काभ्रे जिल्लाका सबै पालिका तथा सञ्जीवनी विद्यालयलगायतका विद्यालयहरूलाई विपक्षी बनाई दायर गरिएको रिटमा अदालतले विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क नलिनु ( लिन नलगाउनु भनी परमादेश जारी गरेको छ।
उक्त रिट नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कार्य समिति काभ्रेपलान्चोक, बनेपाको तर्फबाट अख्तियार प्राप्त गर्दै कार्य समितिका निवर्तमान अध्यक्ष मिलन गौतमले दायर गरेका हुन् ।
लामो समयदेखि विद्यालयहरूले भर्ना, परीक्षा, अतिरिक्त गतिविधिलगायत अनेक शीर्षकमा विद्यार्थी र अभिभावकहरूमाथि आर्थिक बोझ थोपर्दै आएको आरोप रिटमा उल्लेख गरिएको थियो।
अनेरास्ववियु काभ्रेपलान्चोकले जिल्लाभर कानुन अध्ययनरत विद्यार्थी तथा हालका जिल्ला कमिटीका उपाध्यक्ष आयुष बडाल र सचिव प्रवीण पौडेलको नेतृत्वमा कानुनी सहायता तथा विद्यार्थी अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रमका क्रममा संविधानले निःशुल्क शिक्षा मौलिक हकको रूपमा सुनिश्चित गरे पनि व्यवहारमा विद्यार्थीहरूले सो हक प्राप्त गर्न नसकेको गम्भीर गुनासो व्यापक रूपमा आएको थियो।
विद्यार्थी तथा अभिभावकहरूबाट निरन्तर रूपमा आएको गुनासो, विद्यालय प्रशासनको बेवास्ता र सम्बन्धित निकायको मौनतापछि विषयलाई न्यायिक ढोकासम्म पुर्याउने निर्णय गरिएको निवेदक पक्षले जनाएको छ।
मुद्दाको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, वरिष्ठ अधिवक्ता अमर थापा, अधिवक्ता डा. मुकुन्द अधिकारी लगायतका कानुन व्यवसायीहरूले विद्यार्थीको मौलिक हक, शिक्षा ऐन–नियम र संवैधानिक प्रावधानको आधारमा सशक्त बहस प्रस्तुत गरेका थिए।
सो बहसपछि अदालतले विद्यार्थीमाथि हुने कुनै पनि प्रकारको शीर्षकमा शुल्क असुली नगर्नु भन्ने स्पष्ट परमादेश जारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण