मन्त्रीहरूकै बोलीले निर्वाचन भाँडिदै छ : राजेन्द्र पाण्डे
सोमबार, ०७ पुस २०८२, १६ : ००
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले असोज २ गते नै निर्वाचनमा जाने निर्णय गरेको भन्दै आफूहरू निर्वाचनको पक्षमा रहेको प्रस्ट पारेका छन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय छलफलमा नेता पाण्डेले आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने र सोहीमार्फत नै निकास खोज्नुपर्ने बताए ।
नेता पाण्डेले सबै राजनीतिक दल उक्त निर्वाचनमा सहभागी हुने वातावरण बन्नुपर्नेमा जोड दिए ।
‘निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकारको हो’, नेता पाण्डेले भने, ‘माननीय मन्त्रीहरूका बोलीले निर्वाचन भाँडिदै छ ।’ उनले मन्त्री भनेको बलेनीको ढुङ्गाजस्तै भएकाले मन्त्रीहरूलाई मुख बन्द गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण