राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीबाट कांग्रेसका १०४ जना सिफारिस (हेर्नुहोस् जिल्लाअनुसार नामावली)
सारांश
- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि विभिन्न जिल्लाबाट १०४ जनाको नाम सिफारिस गरिएको छ।
- रुपन्देहीबाट सबैभन्दा धेरै २४ जनाको नाम सिफारिस भएको छ भने पूर्वी रुकुम र रोल्पाबाट कम सिफारिस आएको छ।
- प्रदेश समितिले सिफारिसहरूलाई रायसहित केन्द्रमा पठाएको छ र केन्द्रले उम्मेदवार छनोट गर्नेछ।
बुटवल । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा धेरै आकांक्षी देखिएका छन् । लुम्बिनी प्रदेशमा आवश्यक तीन सिटका लागि १२ जिल्लाबाट १०४ जनाको नाम सिफारिस भएपछि प्रदेश समितिले रायसहित केन्द्रीय कार्यालयमा पठाएको छ ।
प्रदेशका १२ जिल्लामध्ये राष्ट्रिय सभामा जाने क्षेत्र र जिल्लाबाट आएका सिफारिसको अवस्था हेर्दा सबैभन्दा धेरै रुपन्देहीबाट नाम आएको छ । सबैभन्दा कम भने पूर्वी रुकुम र रोल्पा जिल्लाबाट सिफारिस भएका छन् । रुपन्देहीबाट २४ जनाको नाम आएको प्रदेश कार्यालयले जनाएको छ ।
धेरै नाम सिफारिस भएर आउने जिल्लामा बाँके पनि छ, जहाँबाट १८ जनाको नाम सिफारिस भएको छ । दाङबाट १३ जना, पाल्पाबाट १० जना, प्युठानबाट ९ जना, कपिलवस्तुबाट ८ जना र पश्चिम नवलपरासीबाट ८ जनाको नाम प्रदेश कार्यालयमा सिफारिस भएको थियो । बर्दिया, गुल्मी र अर्घाखाँची जिल्लाबाट तीन/तीन जनाको नाम सिफारिस भएको छ ।
प्रदेशमा रहेका २६ वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय सभाका लागि सबैभन्दा धेरै सिफारिस बाँके क्षेत्र नम्बर २ बाट भएको छ, जहाँबाट ( जनाको नाम सिफारिस भएको छ ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जिल्लाबाट राष्ट्रिय सभाका लागि आएका नामहरू प्रदेश समितिको बैठकले रायसहित केन्द्रमा पठाएको रातोपाटीलाई बताए । उनका अनुसार लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा ३ जना उम्मेदवार बन्न पाउनेछन् । त्यसका लागि अहिले १२ वटै जिल्लाबाट आएका उम्मेदवार सिफारिसमा प्रदेश समितिले आफ्नो राय लेखेर पठाएको छ । केन्द्रले उम्मेदवार छनोट गर्ने बैठकमा सभापतिको हैसियतमा आएका नामहरूको राजनीतिक पृष्ठभूमि तथा अन्य आवश्यक राय थप समितिमा राख्ने उनले बताए ।
जिल्लाअनुसार सिफारिस भएका यस्ता छन् उम्मेदवार
पूर्वी रुकुमः केशरमान रोका (खुला) र प्रकाश केसी (अपाङ्ग) ।
रोल्पाः माधव प्रसाद आचार्य र झक्कुप्रसाद घर्ती ।
अर्घाखाँचीः डा. रामबहादुर बीसी, पीताम्बर भुसाल र बालकृष्ण पाण्डे । यी तीनै जना ओझिलम परेका नेता रहेका कांग्रेस कार्यकर्ताहरू बताउँछन् । डा. बीसी पटक–पटक प्रत्यक्ष निर्वाचन लडेका र हाल राष्ट्रिय सभामा महाधिवेशन प्रतिनिधि हुन् । भुसाल पार्टीका पूर्व जिल्ला सभापति हुन् भने पाण्डे आमन्त्रित पूर्वकेन्द्रीय सदस्य हुन् ।
दाङः १३ जनाको नाम सिफारिस भएको छ जसमा बाँसुदेव जङ्गली, गिरिजादेवी न्यौपाने, विरशेषरी गौतम, श्याम रेग्मी, मोहनलाल वली, नन्दकुमार शर्मा, गेहेन्द्र गिरी, जगत् बहादुर खड्का, शङ्कर गिरी, बुद्धिराम भण्डारी, कृष्ण कुमार गिरी, देवा डाँगी, गणेश बहादुर खत्री र अर्जुन गिरी रहेका छन् ।
प्युठानः ९ जनाको नाम सिफारिस भएको छ, जसमा दिवाकर गौतम, मुक्तिनाथ शर्मा, ईश्वर सिंह विष्ट, भगतसिंह विष्ट, सन्त श्रेष्ठ, तिलक विष्ट (विक), कमल प्रोखेल, खगेश्वर थापा र मान बहादुर वली रहेका छन् ।
पाल्पाः शोभा शाक्य, अम्बिका पौडेल, हरिप्रसाद नेपाल, महेन्द्र पाण्डेय, विधान प्रसाद श्रेष्ठ, देवराज ढकाल, यमलाल तिमिल्सिना, माधव नेपाल, दानबहादुर पछाइ र शुक्रराज भण्डारी ।
कपिलवस्तुः राजेश आचार्य, सुमित्रा शर्मा, गुणलक्ष्मी ज्ञवाली, सुर्खेत आलम खाँ, छविलाल नेपाली, शोहरत तेली, जहिरुल हसान खाँ र दीपेन्द्रनाथ शुक्ला ।
बाँकेः बलराम शर्मा, लुट बहादुर खत्री, रामचन्द्र मैया, निरजन सिजापति, अमृतकुमार आचार्य, पुष्पा सुक्ला, मेराज असहमत हल्वाई, सितादेवी काफ्ले, वन्दना सिंह, नारायणी रुपाखेती, धुव्रप्रसाद दाहाल, बालकृष्ण सुवेदी, कृष्णमान श्रेष्ठ, हरिभक्त उप्रेती, केशव कुमार शाह, जगम्वाद पाठक, हरिप्रसाद ढुङ्गाना र शेरबहादुर गुरुङ ।
रुपन्देहीः जमुन देवी ताम्रकार, सोमनाथ शर्मा, रामबहादुर कार्की, जगत् गिरी, मोहनराज शर्मा, शक्तिप्रसन्न गिरी, बुद्धिराम हरिजन, गोपाल पाण्डेय, दल बहादुर विश्वकर्मा, पारसनाथ योगी, टेक कुमारी श्रेष्ठ, रुपा पुन, मीननाथ शर्मा, होम बहादुर देवकोटा, चित्र बहादुर वर्मा, रामनारायण यादव, शेषमान यादव, सञ्जय चौधरी, सुर्यमति उपाध्याय, नारायण प्रसाद पन्त, भीम प्रसाद न्यौपाने, मोहन सरदार, तौलन मुसलमान र कृष्ण कुमारी पोख्रेल भट्टराई । (यस जिल्लाबाट कुल २४ जनाको नाम सिफारिस भएको छ ।)
गुल्मीः राजन प्रसाद पन्त, चन्द्र बहादुर केसी र त्रैलोक्य प्रताप सेन ।
नवलपरासी (पश्चिम) : भिमलाल न्यौपाने, पित्तम सिंह, बदरुल खाँ, अर्जुन कुमार पोख्रेल, रामचन्द्र मोरिया, लक्ष्मी पौडेल, चन्द्रा अधिकारी र अयोध्या प्रसाद यादव ।
बर्दियाः अरुण प्रकाश सिंहराठौर, जावेद खातुन जागा र महेन्द्रराज तिवारी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण