राष्ट्रपति रनिङ शिल्डमा तीन हजार विद्यार्थी प्रतिस्पर्धा गर्दै
सारांश
- पोखरामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता हुँदैछ।
- प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स जस्ता खेलहरू हुनेछन्।
- करिब १८० विद्यालयका विद्यार्थीहरू विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।
गण्डकी। पोखरामा यही पुस ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा कूल ४०४ पदकका लागि तीन हजार ३१२ विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताबारे जानकारी दिन सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रतियोगितामा उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा हुने उनले बताए ।
भलिबलमा छात्रतर्फ ४५ विद्यालयका ४५० जना र छात्रातर्फ २३ विद्यालयका २३० खेलाडी सहभागी हुनेछन् । कबड्डी छात्रतर्फ २० विद्यालयका २०० जना र छात्रातर्फ ११ विद्यालयका ११० खेलाडी सहभागी बन्नेछन् । एथलेटिक्समा कूल ८४ विद्यालयका छात्रतर्फ ३७० जना र छात्रातर्फ २६५ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
करातेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिस्पर्धा गर्नेछन् । तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाउनेछन् । उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिस्पर्धा गर्नेछन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीका अनुसार महानगरपालिकामा रहेका झन्डै २६० विद्यालयमध्ये १८० भन्दाबढी विद्यालयको विभिन्न खेलमा सहभागिता रहने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण