महाधिवेशनको सन्देश प्रवाह गर्न एमाले प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक आज
सारांश
- नेकपा एमालेले ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्न प्रदेश र जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गर्यो।
- पार्टी महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमबाट महाधिवेशनको सन्देश दिनेछन्।
- बैठकमा महाधिवेशनको निर्णय, नेतृत्व, र कार्यभारबारे छलफल हुनेछ, पार्टीले निर्देशन दिनेछ।
काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनको सन्देश देशैभरि प्रवाह गर्नका लागि आजै सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ ।
पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा पार्टीको ठुलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । दिउसो २ बजे पार्टी कार्यालयबाट महासचिवले सम्बोधन गर्ने तय गरिएको छ ।
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारी देखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइसकिएको छ ।
‘११ औँ महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको हो’ अधिकारीले भने ‘महाधिवेशनले चुनेको नेतृत्व,यसको कार्यभार,वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिव कमरेडले प्रस्ट पार्नुहुनेछ ।’
एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि,पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टीपंक्तीमा निर्देशन पठाउने भएको छ । कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण