‘दृश्यम ३’ को रिलिज मिति घोषणा
सारांश
- बलिउड अभिनेता अजय देवगनको फिल्म 'दृश्यम ३' सन् २०२६ को अक्टोबर २ मा रिलिज हुने भएको छ।
- फिल्मको तेस्रो भागमा अजय देवगन, तब्बू, श्रिया सरन र रजत कपूर लगायतका कलाकारहरू रहनेछन्।
- 'दृश्यम' फ्रेन्चाइजी बलिउडमा निकै सफल मानिन्छ र यसको तेस्रो भागले ठूलो व्यापार गर्ने अनुमान छ।
मुम्बई । बलिउड अभिनेता अजय देवगनको सर्वाधिक प्रतीक्षित फिल्म ‘दृश्यम ३’ को औपचारिक घोषणासँगै यसको रिलिज मिति सार्वजनिक भएको छ। सोमबार फिल्मका निर्माताहरूले १ मिनेट १४ सेकेन्डको एक भिडियो सार्वजनिक गर्दै फिल्म आगामी सन् २०२६ अक्टोबर २ तारिखमा प्रदर्शन हुने जानकारी दिएका हुन्।
फिल्मको कथामा विशेष महत्त्व राख्ने अक्टोबर २ कै मिति पारेर यसको रिलिज तय गरिनुले दर्शकमा थप उत्साह जगाएको छ। सार्वजनिक भिडियोमा अजय देवगनको संवादबाट कथा अझै नसकिएको र अन्तिम हिस्सा बाँकी रहेको सङ्केत गरिएको छ।
यस तेस्रो भागमा पुरानै मुख्य कलाकारहरू अजय देवगन, तब्बू, श्रिया सरन र रजत कपूरले निरन्तरता पाउनेछन्। फिल्ममा अजयको छोरीको भूमिकामा देखिएका इशिता दत्ता र मृणाल जाधव पनि पर्दामा फर्किने निश्चित भएको छ।
तर, दोस्रो भागमा प्रभावशाली भूमिका निभाएका अक्षय खन्ना यस पटक टोलीमा रहने वा नरहने भन्नेबारे निर्माण पक्षले अझै स्पष्ट पारेको छैन। हाल विभिन्न सहरहरूमा फिल्मको छायांकन तीव्र रूपमा भइरहेको छ भने यसको ट्रेलर सन् २०२६ को सुरुवातमा आउने अपेक्षा गरिएको छ।
मलयालम फिल्मको रिमेकका रूपमा सुरु भएको ‘दृश्यम’ फ्रेन्चाइजी बलिउडमा निकै सफल मानिन्छ। सन् २०१५ मा आएको पहिलो भागले आफ्नो परिवारलाई कानुनको फन्दाबाट बचाउन विजय सालगाउँकरले लगाएको बुद्धि र चतुर्याईंलाई देखाएको थियो, जसले विश्वभर १९७ करोडको व्यापार गरेको थियो।
सात वर्षपछि सन् २०२२ मा आएको दोस्रो भागले पहिलोको सफलतालाई उछिन्दै ३४५ करोड कमाउन सफल भयो। अभिषेक पाठकको निर्देशनमा तयार भइरहेको यो तेस्रो भागले बक्स अफिसमा झन् ठुलो रेकर्ड राख्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण