पार्टी विरोधी गतिविधि गरे कारबाहीको विषय बन्छ: एमाले सचिव राई
सारांश
- एमाले सचिव शेरधन राईले पार्टीको नीति विपरीत काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिए।
- उनले एमाले विभाजित हुने सपना चकनाचुर भएको र पार्टी सशक्त ढंगले जनताको बीचमा जाने बताए।
- राईले लोकतन्त्र र संविधानको रक्षाका लागि कोशी प्रदेशमा आन्दोलन गर्ने घोषणा गरे।
विराटनगर । नेकपा एमालेका नवनिर्वाचित सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टीको नीति र निर्णय विपरीतका गतिविधि गर्ने जोसुकैलाई पनि कारबाही गरिने चेतावनी दिएका छन्।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज राईले नेकपा एमाले संस्थागत निर्णय र पद्धतिमा चल्ने पार्टी भएकाले पार्टीभित्रै रहेर पार्टीकै हितविपरीत काम गर्ने वा संस्थागत निर्णयलाई चुनौती दिने छुट कसैलाई नभएको स्पष्ट पारे ।
उनले पार्टीको नीति, उद्देश्य र अभियानमा बिना सर्त सहभागी हुनुपर्ने उल्लेख गर्दै यदि कसैले फरक ढंगले प्रस्तुत हुने वा पार्टीको विधिको अवज्ञा गर्न खोजेमा विधान बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।
११ औँ राष्ट्रिय महाधिवेशनले नेकपा एमालेलाई थप एकताबद्ध बनाएको दाबी गर्दै नेता राईले एमाले विभाजित हुने विपक्षीहरूको सपना चकनाचुर भएको बताए । उनले महाधिवेशनले नयाँ म्यान्डेट र उत्साह प्रदान गरेको र पार्टी अब सशक्त ढंगले जनताको बीचमा जाने उल्लेख गरे ।
पार्टीमा कुनै पनि प्यानल वा गुटको अस्तित्व नरहेको र निर्वाचनमा सहभागी सबै सदस्यहरू पार्टीकै विधि र प्रक्रियामा बाँधिनुपर्नेमा उनले जोड दिए । एमाले १५ दिनभित्र निर्वाचन भए पनि सामना गर्न सक्ने गरी तयारी अवस्थामा रहेको भन्दै उनले वर्तमान सरकारले चुनावलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न खोजेको आरोप समेत लगाए ।
यसैगरी, राईले लोकतन्त्र र संविधानको रक्षाका लागि कोशी प्रदेशका १४ वटै जिल्ला र प्रमुख सहरहरूमा विभिन्न स्वरूपका आन्दोलनहरू सुरु गर्ने घोषणा गरे । विगतमा भएका अराजक गतिविधि र हिंसा रोक्न एमालेले नागरिक सुरक्षाको जिम्मेवारी बहन गर्दै आन्दोलनमा उत्रने उनको भनाइ थियो। प्रदेश सरकारको सन्दर्भमा मन्त्रिमण्डल पुनर्गठनको बेला भइसकेको उल्लेख गर्दै उनले यसबारे मुख्यमन्त्री र अन्य सरोकारवाला दलहरूसँग परामर्श गरी उपयुक्त समयमा निर्णय लिइने जानकारी दिए। नेकपा एमाले अहिलेको परिस्थितिमा एक ढिक्का रहेको र आगामी निर्वाचनमा प्रमुख शक्तिको रूपमा स्थापित हुने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण