बाबु कांग्रेसबाट, छोरा रास्वपाबाट समानुपातिक उम्मेदवार सिफारिस
सारांश
- नेपाली कांग्रेसका उपसभापति कालीबहादुर सहकारीका छोरा दिनेश बोगटी रास्वपाको समानुपातिक सूचीमा परेका छन्।
- दिनेशका बुबा कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएका छन्, भने काका पनि कांग्रेसमा छन्।
- विगत १० वर्षदेखि अमेरिकामा बस्दै आएका दिनेश केही दिनअघि मात्र नेपाल फर्किएका थिए।
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीका छोरा दिनेश बोगटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको प्रारम्भिक सूचीमा समावेश भएका छन् ।
रास्वपाले हालै आह्वान गरेको समानुपातिकतर्फको खुला मनोनयन दर्ता प्रक्रियामा कर्णालीका २१ जनाले आवेदन दिएका थिए, जसमध्ये दिनेश बोगटी खस आर्य कोटाबाट प्रारम्भिक सूचीमा परेका छन् ।
अझ रोचक पक्ष के छ भने उनका बुबा कालीबहादुर सहकारी आफैं पनि कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएका छन् । सहकारी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नेता हुन् । कुनै समय शेरबहादुर देउवा पक्षधर मानिने उनी हाल शेखर कोइराला समूहमा छन् ।
यति मात्र होइन, दिनेशका काका (बाबुका भाइ) मीनबहादुर बोगटी पनि नेपाली कांग्रेस कालीकोटका उपसभापति छन् । यसरी परिवारका अधिकांश सदस्य कांग्रेसमा सक्रिय रहँदा दिनेशले भने रास्वपाको राजनीतिक धार रोजेका हुन् । विगत १० वर्षदेखि अमेरिकामा बस्दै आएका दिनेश केही दिनअघि मात्र नेपाल फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो
-
काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
-
मल अभावले धनुषाका कृषक चिन्तित
-
यस्ता हुन्छन् ब्रेन क्यान्सरका सुरुवाती लक्षण
-
अर्जेन्टिनी राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई ‘चोर’ र ‘अपराधी’ भनेपछि कूटनीतिक तनाव
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण